पश्चिम बर्दवानको नौ वटा सीटमा 85 जना उम्मेद्वारहरू चुनावी मैदानमा
पश्चिम बर्दवानको नौ वटा सीटमा 85 जना उम्मेद्वारहरू चुनावी मैदानमा


आसनसोल, 10 अप्रेल (हि. स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 अन्तर्गत नामांकन प्रक्रिया पूरा भएपछि पश्चिम बर्दवान जिल्लाका नौ वटा सीटको लागि गए बिहिवार अन्तिम उम्मेद्वार सूची प्रकाशित गरिएको छ। यस सूची अनुसार अब जिल्लामा 85 जना उम्मेद्वारहरू चुनाउ मैदानमा छन्। नामांकन फिर्ता लिने अन्तिम तिथिसम्ममा 6 जना प्रत्याशीहरूले आफ्नो नाम फिर्ता लिए जसपश्चात चुनावी तस्वीर स्पष्ट भएको छ।

नामांकन प्रक्रिया गत 30 मार्चदेखि शुरू भएको थियो जसमा पञ्जीकृत राजनीतिक पार्टी र निर्दलीय उम्मेद्वारहरू सहित 91 जना उम्मेद्वारहरूले नामांकन दर्ता गरेका थिए। नामांकन फिर्ता लिने प्रक्रिया पूरा भएपछि अब नौ वटा सीटमा उम्मेद्वरहरूको संख्या घटेर 85 पुगेको छ।

स्थिति अनुसार पाण्डेश्वर विधानसभा क्षेत्रमा 11 जना उम्मेद्वारहरूले चुनाउ लड़िरहेका छन्। दुर्गापुर पूर्वबाट 09 जना, दुर्गापुर पश्चिमबाट सबैभन्दा अधिक 14, रानीगञ्जबाट 08, जमुरियाबाट 09, आसनसोल दक्षिणबाट 08, आसनसोल उत्तरबाट 13, कुल्टीबाट 06 तथा बाराबनीबाट 07 जना उम्मेद्वारहरू मैदानमा छन्।

स्पष्ट छ, जिल्लाका सबै सीटहरूमा बहुकोणीय प्रतिस्पर्धा देख्न पाइनेछ भने दुर्गापुर पश्चिम र आसनसो उत्तरमा प्रतिस्पर्धा अधिक चाखलाग्यो हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande