
नयाँ दिल्ली, 10 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार दिल्ली विश्वविद्यालय (डीयू)- को आर्ट्स फ्याकल्टीमा ‘नारी शक्ति वन्दन अधिनियम’- को समर्थनमा हस्ताक्षर अभियानको शुभारम्भ गरिन्। यस अवसरमा डीयूका कुलपति प्रो. योगेश सिंह, डीयू दक्षिणी परिसरकी निदेशक प्रो. रजनी अब्बी, एसओएलकी निदेशक प्रो. पायल मागो औ रजिस्ट्रर डा. विकास गुप्ता सहित प्रिन्सिपल, शिक्षक एवं विद्यार्थीहरू उपस्थित थिए।
मुख्यमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, देशको प्रशासन एवं नीति-निर्माणमा महिलाहरूको सहभागितालाई बढ़ाउनु समयको आवश्यकता हो। महिलाहरू निर्णय लिने पदमा पुग्यो भने उनीहरूले समाज, परिवार एवं आफ्नो आवश्यकताहरूसित सम्बन्धित मुद्दामा प्रभावकारी परिवर्तन ल्याउन सक्नेछन्। दिल्लीमा संचालित ‘लखपति बिटिया’ औ ‘अनमोल’ जस्ता योजनाहरू यसै संवेदनशील दृष्टिकोणको परिणाम हो जसले महिला सशक्तिकरण र सामाजिक सुरक्षालाई मजबुत बनाउँछ।
कार्यक्रममा ‘अब नेतृत्वको पालो हो, नारी शक्ति वन्दनको जिम्मेवारी हो’ औ ‘सशक्त नारी, समृद्ध राष्ट्र’ जस्ता सन्देशहरूको माध्यमबाट महिला नेतृत्व तथा समान प्रतिनिधित्वको महत्वलाई रेखांकित गरियो। मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्दै ‘नारी शक्ति वन्दन अधिनियम’-लााई एक ऐतिहासिक कदम बताइन्। उनले भनिन्, यसले ‘बेटी बचाओ’- देखि ‘बेटी बढ़ाओ’-सम्मको यात्रालाई साकार पार्नेछ।
मुख्यमन्त्रीले विश्वास व्यक्त गरिन्, ‘नारी शक्ति वन्दन अधिनियम’-ले देशमा राजनीतिक प्रतिनिधित्वको नयाँ अध्याय लेख्नेछ अनि भारतलाई अधिक सशक्त, सन्तुलित र प्रगतिशील लोकतन्त्रको रूपमा स्थापित गर्नेछ।
यस अवसरमा ठूलो संख्यामा विद्यार्थी, शिक्षक एवं नागरिकहरूले उत्साहपूर्वक भाग लिएर यस ऐतिहासिक पहलप्रति आफ्नो समर्थन दर्ता गराए। यहाँ उपस्थित मानिसहरूसित अपील गरियो, उनीहरू यसको समर्थनमा अग्रसर होउन् र निर्धारित नम्बर- 9667173333 मा मिस्ड कल गरेर आफनो सहभागिता सुनिश्चित गरुन्।
हस्ताक्षर अभियानपछि मुख्यमन्त्रीले विश्वविद्यालय परिसरस्थित चिया स्टलमा छात्रा अनि शिक्षिकाहरूसित सम्वाद गरिन्। यस वधि उनले सबैसित चिया पिउँदै उनीहरूको मत, अनुभव तथा सुझाउहरूलाई गम्भीर रूपमा सुनिन्। यस आत्मीय बातचितको माध्यमबाट मुख्यमन्त्रीले युवा अनि शिक्षकहरूसित मात्र सोझो सम्वाद नगरेर यो सन्देश पनि दिइन्, जनप्रतिनिधि र जनताबीच सम्वाद जति सरल हुन्छ, उति नै सहज हुनेछ, नीतकारी र जनोन्मुखी बन्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा