
गुवाहाटी, 10 अप्रेल (हि.स.)। असम राज्य स्कूल शिक्षा बोर्डद्वारा शुक्रवार घोषित हाई स्कूल लीभिंग सर्टिफिकेट (एचएसएलसी) परीक्षा- 2026 मा छात्राहरूको संख्या अधिक रहे पनि छात्रहरूको उत्तीर्ण प्रतिशत अधिक रहेको छ। परीक्षाको लागि 4,38,564 विद्यार्थीहरूले आवेदन गरेकोमा 2,48,325 छात्रा र 1,90,239 छात्र सामेल थिए। यीमध्ये 4,29,249 उम्मेद्वारहरू परीक्षामा सामेल भए जसमध्ये 2,42,781 छात्रा र 1,86,468 छात्र सामेल थिए।
प्रदर्शनको मामिलामा छात्रहरूको उत्तीर्ण प्रतिशत 67.78 प्रतिशत रह्यो जुन छात्राहरूको 63.96 प्रतिशतभन्दा अधिक थियो। एचएसएलसी 2026 परीक्षाको मोठ प्रतिशत 65.62 प्रतिशत रह्यो। मोठ 2,81,701 उम्मेद्वारहरूले सफलतापूर्वक परीक्षा उत्तीर्ण गरे यीमध्ये 1,26,398 छात्र र 1,55,303 छात्राहरू सामेल थिए।
डिभीजनको हिसाबले 44,861 छात्राहरूले प्रथम ऱ्यांक हासिल गरे भने 40,328 छात्रहरूले प्रथम ऱ्यांक प्राप्त गरे। सेकेण्ड डिभीजनमा 83,608 छात्रा र 66,559 छात्र पास भए भने 26,834 छात्रा र 19,511 छात्र तृतीय श्रेणीमा उत्तीर्ण भए। परीक्षामा 9,315 विद्यार्थी अनुपस्थित पनि रहे। यस अतिरिक्त 5 विद्यार्थीहरूको परिणाम रोकियो भने 135 विद्यार्थीहरूलाई नक्कल वा अनुचित साधनहरूको प्रयोग गरेकोमा परीक्षाबाट निष्कासित गरियो।
एचएसएलसी परीक्षा हरेक वर्ष आयोजना गरिन्छ जसले राज्यमा विद्यार्थीहरूको शैक्षणिक यात्रामा एक महत्वपूर्ण पक्षको रूपमा काम गर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा