
दक्षिण 24 परगना, 10 अप्रेल (हि.स.): दक्षिण 24 परगना जिल्लामा पुलिसले आग्नेयास्त्रसितै एक जना आईएसएफ कार्यकर्तालाई पक्राउ गरेको छ। यो घटना गए बिहिवार राति भांगर क्षेत्रको उत्तर काशीपुर थाना अन्तर्गत रघुनाथपुर खालपाड़ामा भएको हो। पुलिस सूत्र अनुसार पक्रा पर्ने आरोपीको पहिचान हबिबुर रहमान मोल्लाको रूपमा भएको छ जो सोही क्षेत्रका निवासी हुन्।
आरोपीबट तीन वटा पाइपगन र दुई राउण्ड गोली जफत गरिएको छ। जानकारी अनुसार हबिबुरले पछिल्लो लामो समयदेखिकै क्षेत्रमा अवैध हतियारहरूको आपूर्ति गर्दै आइरहेको थियो। पुलिसले यस सम्बन्धमा गुप्त सूचना प्राप्त भएको थियो जसपश्चात उसको घरमा नजर राखिँदैथ्यो। गत बिहीवार अबेर राति पुलिसले छापा मारेर उसलाई पक्राउ गऱ्यो। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा