
कोलकाता, 10 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउअघि चुनाउ आयोगले राज्य पुलिसमा फेरि एकपटक व्यापक प्रशासनिक फेरबदल गरेको छ। आयोगले 81 जना पुलिस इनस्पेक्टर र 68 जना पुलिस सब-इन्स्पेक्टरलाई चुनाउ ड्यूटीबाट हटाइदिएको छ। आयोगले स्पष्ट पारेको छ, यी अधिकारीहरू अब कुनै पनि प्रकारको चुनाउ सम्बन्धि कार्यहरूमा सामेल रहनेछैनन्।
आयोगको निर्देश अनुसार सम्बन्धित पुलिस अधीक्षकहरूले यी अधिकारीहरूविरूद्ध कारबाही गरेका हुन्। साथै यो पनि सुनिश्चित गर्न भनिएको छ, यी अधिकारीहरू प्रत्यक्ष-अप्रत्यक्ष रूपमा चुनाउ प्रक्रियाा हस्तक्षेप गर्ने छैनन्, यसको लागि उनीहरूबाट लिखित आश्वासन लिइनेछ।
सूत्र मुताविक कोलकाताका पूर्व पुलिस आयुक्त सुप्रतिम सरकार पनि यसबाट अछुतो रहेनन्। उनलाई चुनाउ ड्यूटी अन्तर्गत पर्यवेक्षकको रूपमा तमिलनाडु पठाइनेछ। उल्लेखनीय छ, उनले शारीरिक असुविधाको आधारमा यस जिम्मेवारीदेखि छुट मागेका थिए, तर आयोगले यसलाई स्वीकार गरेन।
आयोगद्वारा जारी अधिसूचनामा भनिएको छ, 81 जना इन्स्पेक्टरहरूलाी नयाँ जिम्मेवारी पनि सुम्पिइएको छ साथै उनीहरूलाई शुक्रवार साँझ 5 बजेसम्म आफ्नो पदमा कार्यभार सम्हाल्ने निर्देश दिइएको छ।
जुन जिल्लाका इन्स्पेक्टरहरूलाई हटाइएको छ त्यसमा कुचबिहार, रायगञ्ज, इस्लामपुर, अलिपुरद्वार, दक्षिण दिनाजपुर, सिलगढ़ी, डायमण्ड हार्बर, बारुइपुर, बारासात, बसिरहाट, बनगाउँ, ब्यारकपुर, विधाननगर, कृष्णनगर, रानाघाट, आसनसोल-दुर्गापुर, पश्चिम मेदिनीपुर, पूर्व मेदिनीपुर, पुरुलिया, बीरभूम, जलपाईगुड़ी, मालदा र बाँकुड़ा सामेल छन्।
राज्यका 294 विधानसभा सीटहरूमा आगामी 23 र 29 अप्रेलको दिन दुई चरणको मतदान भइरहेको छ। चुनाउको घोषणा भएदेखि नै राज्य प्रशासनमाथि चुनाउ आयोगको नियन्त्रण छ र यसै क्रममा व्यापक रूपमा प्रशासनिक फेरबदल गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा