ममता ब्यानर्जीले प्रफुल्ल चन्द्र सेनको जयन्तीमा दिइन् श्रद्धाञ्जली
ममता ब्यानर्जीले प्रफुल्ल चन्द्र सेनको जयन्तीमा दिइन् श्रद्धाञ्जली


कोलकाता, 10 अप्रेल (हि.स.)। ममता ब्यानर्जीले शुक्रवार सोशल मीडिया प्लेटफर्म एक्समा पश्चिम बंगालका पूर्व मुख्यमन्त्री प्रफुल्ल चन्द्र सेनको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।

ममता ब्यानर्जीले आफ्नो पोस्टमा लेखिन्, “ बंगालका पूर्व मुख्यमन्त्री प्रफुल्ल चन्द्र सेनको जयन्तीमा उनलाई मेरो हार्दिक श्रद्धा अनि नमन। मुख्यमन्त्रीले आफ्नो सन्देशको माध्यमबाट राज्यका पूर्व नेताप्रति सम्मान व्यक्त गर्दै उनको योगदानलाई स्मरण गरिन्।

उल्लेखनीय छ, कंग्रेस नेता रहेका प्रफुल्ल चन्द्र सेनले स्वतन्त्रता आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए। 1962 सालमा उनले पश्चिम बंगालका तृतीय मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए भने 1967 सालसम्म आफ्नो पदमा कायम रहेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande