
पश्चिम मेदिनीपुर, 10 अप्रेल (हि.स.)। जिल्लाको दाँतन रेलवे स्टेशन नजिकै रहेको एउटा धानको खेतमा शुक्रवार बिहान एक जना नवजात शिशुको शव भेटियो। यस घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो।
स्थानीय सूत्रले बतायो, सदा जस्तै बिहान घुम्न हिँड़ेका केही मानिसहरूले धानको खेत नजिकै नवजात शिशुको शवलाई देखे। त्यसपछि उनीहरूले तुरून्तै पुलिसलाई सूचित गरे।
सूचना पाएर दाँतन थाना पुलिस घटनास्थलमा पुग्यो। शवलाई कब्जामा लिएर पुलिसले पोस्टमर्टम गर्नको लागि पठाइदियो।
प्रारम्भिक अनुमानमा जन्मेको तुरून्तपछि शिशुलाई त्यहाँ फालिएको हो। तथापि यो घटना दुर्घटनावश भएको हो वा सुनियोजित परित्याग गरिएको हो, अहिलेसम्म थाहा लाग्न सकेको छैन। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा