
नयाँ दिल्ली, 10 अप्रेल (हि.स.)। दिल्लीका लोक निर्माण मन्त्री प्रवेश साहिब सिंहले मनसूनपूर्व दिल्ली गेट र बारापुल्ला नालामा लेदो सफा गर्ने कामको प्रगतिको जायजा लिनको लागि आज त्यस क्षेत्रको भ्रमण गरे।
मन्त्री प्रवेश साहिब सिंहले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै बताए, दिल्ली गेटमा लगभग 40 वर्षदेखिको ढाकिएको नालालाई अन्ततः अब खोलिँदैछ। अहिलेसम्मा 21,000 मीट्रिक टनभन्दा अधिक लेदो हटाइसकिएको छ जुन 70 प्रतिशतभन्दा अधिक काम पूरा भएको संकेत हो। उनले भने, बारापुल्लामा लेदो हटाउने काम 78 प्रतिशत पूरा भएको छ भने यहाँ 31,000 मीट्रिक टनभन्दा अधिक लेदो हटाइसकिएको छ।
मन्त्री प्रवेश साहिब सिंहले भने, सारा दिल्लीका नालाहरूबाट लेदो हटाउने काम पूर्ण गतिमा अगाड़ि बढ़िरहेको छ। उनले भने, 77 वटा नालाहरूमध्ये लगभग 50 प्रतिशत लेदो हटाउने काम पूरा भइसकेको छ भने अहिलेसम्ममा 14 लाख मीट्रिक टनभन्दा अधिक लेदो हटाइसकिएको छ। लक्ष्य अहिले पनि 28 लाख मीट्रिक टन हो।
उल्लेखनीय छ, मुख्यमन्त्री रेखा गुप्ताले गए बिहीवार दिल्ली सचिवालयमा मनसूनको तयारीमाथि समीक्षा बैठक गरेकी थिइन्। उनले सबै विभागहरूलाई मनसूनपूर्व (30 जूनसम्म) नालीहरूबाट लेदो निकालेर त्यसलाई चिन्हित स्थानमा पुऱ्याउने निर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा