
सिलगढ़ी, 10 अप्रेल (हि. स.)। आगामी 12 अप्रेलको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले सिलगढ़ीको कावाखाली मैदानमा एक विशाल जनसभालाई सम्बोधन गर्नेछन्। यस ऱ्यालीलाई लिएर व्यापक तयारी भइरहेको छ। सभास्थलमा विराट मञ्च निर्माण गरिँदैछ साथै साउण्ड र लाइटिंगको व्यवस्था गरिँदैछ। सुदूरवर्ती क्षेत्रहरूबाट आउने सेमर्थकहरूको लागि पार्किंग, पिउने पानी तथा अस्थायी शौचालयको सुविदा पनि तयार गरिँदैछ।
प्रधानमन्त्रीको यस भ्रमणलाई मध्यनजर गर्दै सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। भाजपाको केन्द्रिय टीमले पनि सिलगढ़ीमा आएर सभास्थलको जायजा लियो। सम्पूर्ण क्षेत्रमा पुलिसको निगरानी बढ़ाइएको छ भने कतिपय स्थानहरूमा विशेष जाँच अभियान संचालन गरिँदैछ। यस अतिरिक्त पुलिस बल र सीसीटीभीलाई पनि तैनाथ गरिँदैछ।
यस ऱ्यालीलाई लिएर राजनीतिक माहोल पनि तातिएको छ साथै कार्यकर्ताहरूमा उत्साह देख्न पाइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा