मुख्यमन्त्रीले विश्व होमियोप्याथी दिवसको शुभकामना दिए
World homeopathy day


गान्तोक, 10 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले विश्व होमियोप्याथी दिवसको अवसरमा सिक्किमका जनता तथा सम्पूर्ण होमियोप्याथी चिकित्सकहरूलाई हार्दिक शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा डा स्यामुएल हिनेमानको २७१औं जयन्तीको अवसरमा सिक्किमका जनता तथा सम्पूर्ण होमियोप्याथी चिकित्सकहरूलाई हार्दिक शुभकामना दिएका छन्। सिक्किमले सधैँ प्राकृतिक, निवारक र जनकेन्द्रित स्वास्थ्य सेवा दृष्टिकोणलाई अंगीकार गरेको बताउँदै छ सबैलाई एउटा स्वस्थ र सन्तुलित जीवनशैलीको लागि होमियोप्याथीलाई विकल्पको रूपमा विचार गर्न प्रोत्साहित गरेका छन्।मुख्यमन्त्रीले भने, आधुनिक अस्पताल र एलोप्याथी उपचार व्यापक रूपमा उपलब्ध नभएका समयमा हाम्रा पूर्वजहरू होमियोप्याथी, योग र आयुर्वेद जस्ता परम्परागत प्रणालीहरूमा निर्भर थिए। यी कालखण्डका प्रमाणित प्रयोगहरूले आज पनि हामीलाई समग्र स्वास्थ्यप्रति मार्गदर्शन गरिरहेको छ।मुख्यमन्त्रीले सरकार आयुष प्रणालीलाई मजबुत बनाउन, एकीकृत गर्न र सबैको लागि शुलभ बनाउन प्रतिबद्ध रहेको बताएका छन्। सरकारले राज्यभरि होमियोप्याथी सेवाहरूको विस्तार गर्दै आएको बताएका छन्, जसले दूरस्थ क्षेत्रहरूमा पनि यी सेवाहरूको पहुँच सुनिश्चित भएको उनले उल्लेख गरेका छन्।मुख्यमन्त्रीले जनस्वास्थ्यमा मूल्यवान योगदानको लागि प्रत्येक चिकित्सकहरूको समर्पणको सराहना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande