भागोप्रमो कार्यकर्तामाथि भएको हमलाको पेम्बा रिम्पोर्छेद्वारा विरोध
Pemba rimpoche


खरसाङ, 10 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका दुई कार्यकर्ताहरूमाथि हिजो बिहिबार भएको आक्रमणको विरोध गर्दै बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले घटनाको खण्डन गरेका छन्।

यस घटनालाई आज जारी एक प्रेस विज्ञप्तिमा उनले भने, विगत 2017 देखि दार्जिलिङ पहाडी क्षेत्रमा अनित थापाको कुशल नेतृत्वमा शान्ति बहाल भएको छ। अनित थापाले जबदेखि जीटीए सम्हालेका छन्, तबदेखि शान्ति रहिरहे पनि विपक्षी पार्टीका कथित बदमासहरूले शान्तिपूर्ण वातावरणलाई अशान्त पार्ने प्रयास गरेका छन्, जुन निकै निन्दनीय छ।'

उनले घटनामा संलग्न दोषीहरूको यथाशीघ्र पहिचान गरी आवश्यक कारवाही गर्न पुलिस प्रशासनसँग माग गरेका छन्। उनले भने, 'शान्तिमय दार्जिलिङ पहाडलाई हामी अशान्त बनाउन दिँदैनौं। दार्जिलिङ पहाडी क्षेत्रमा अगणतान्त्रिक क्रियाकलापलाई हामी कतै बर्दाश्त गर्दैनौं।'

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande