
बंगाईगांव (असम), 10 अप्रेल (हि.स.)। असमको बंगाईगाउँ विधानसभा क्षेत्रमा अवस्थित एक मतदान केन्द्रमा पोलिंग अधिकारीद्वारा केन्द्रभित्रै नमाज पढ़ेको मामिला सामु आएको छ जसले गर्दा केही समयसम्म मतदान प्रक्रिया नै रोकियो।
यो घटना 59 नम्बर बिजय गाउँ जेबी स्कूलस्थित मतदान केन्द्र संख्या 1- माभएको बताइँदैछ जहाँ पोलिंग अधिकारीले गए बिहीवार मतदान केन्द्रभित्रै नमाज पढ़े। यस अवधि मतदान प्रक्रिया अस्थायी रूपमा बाधित भयो। सूत्रानुसार केही समयपछि स्थिति सामान्य भयो अनि पुनः मतदान शुरू गरियो।
यस मुद्दालाई लिएर त्यहाँ पंक्तिबद्ध भएर बसेका मतदाताहरूले विरोध प्रदर्शन गर्न शुरू गरे। अर्कोतिर स्थानीय मानिसहरूले यस मुद्दालाई लिएर व्यापक प्रतिक्रिया व्यक्त गरेका छन्। मानिसहरूले मीडियासित बातचित गर्दै भने, स्कूल परिसरमा एउटा नामघर तथा एउटा मन्दिर अवस्थित छ। त्यसैले यस स्थलमा नमाज पढ़नाले मन्दिरको पवित्रता तथा सनातन धर्मावलम्बीहरूको आस्थालाई ठेस पुगेको छ। मानिसहरूले नमाज पढ़्ने व्यक्तिविरूद्ध कड़ा कानूनी कारबाही गर्ने माग गरेका छन्।
अर्कोतिर केही मानिसहरूले यो पनि भने, मतदानको पूर्ण प्रक्रिया धर्मनिरपेक्षताको साथमा सम्पन्न गराइन्छ। मानिसहरू आ-आफ्नो धार्मिक आस्था अनुसार घर वा अन्य स्थानहरूबाट पूजा-अर्चना गरेर मतदान केन्द्रमा आउँछन्। यस्तो स्थितिमा यदि मतदान केन्द्रमा कुनै पोलिंगं बूथभित्र नमाज पढ़्नसक्छ भने अन्यलाी मतदान केन्द्रभित्र काली वा दुर्गा पूजा गरनदेखि कसैले कसरी रोक्नसक्छ।
सबैले एक शिराबाट नमाज पढ़्ने पोलिंग अधिकारीविरूद्ध कड़ा कारबाही गर्ने माग गरे। तथापि यस मामिलामा चुनाउ अधिकारीहरूको पक्षबाट अहिलेसम्म कुनै पनि प्रकारको आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा