
जम्मू, 10 अप्रेल (हि.स.)। पकिस्तानले निरन्तर दिरहेको गिद्धे धम्की, भारत विरोधी षड़यन्त्र तथा उक्साउने किसिमको बयानको विरोधमा शिवसेना (उद्धव बालासाहेब ठाकरे), जम्मू-कश्मीर एकाईले आज जम्मूमा विराट प्रदर्शन गऱ्यो। सयकड़ौं कार्यकर्ताहरूले सड़कमा उत्रेर पाकिस्तानको “गिद्धरूपी पुतला” दहन गरी कड़ा विरोध दर्ता गराए।
प्रदर्शनको नेतृत्व गरिरहेका पार्टीका प्रदेश प्रमुख मनीष साहनीले पाकिस्तानको दोहोरो नीतिमाथि तीव्र हमला गर्दै भने, एकातिर उसले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्तिको देखावटी गर्छ भने अर्कोतिर जम्मू-कश्मीरमा अनुप्रवेश तथा आतंकवादलाई प्रेरित गर्नदेखि कहिल्यै पछि पर्दैन।
उनले भने, कोलकाता जस्ता महानगरहरूको सन्दर्भमा हालैमा दिइएको धम्की तथा परमाणु हमलाको खोक्रो चेताउनीले पाकिस्तानको बौलाहटलाई उजागार गर्छ।
साहनीले यस अवसरमा देश तथा प्रदेशको सुरक्षालाई अझ मजबुत बनाउनको लागि ‘राष्ट्रिय बंकर नीति’- लाई तत्काल लागू गर्ने माग गरे। उनले स्पष्ट पारे, पाकिस्तान र चीन जस्ता छिमेकी देशहरूमाथि भरोसा गर्नु सम्भव छैन। परिवर्तनशील युद्धको स्वरूपमा शत्रुले अब सोझै शहरहरू तथा आम नगारिकहरूलाई लक्षित गर्नसक्छ। त्यसैले बंकर नागरिक सुरक्षाको लागि अनिवार्य भइसकेको छ।
उनले प्रधानमन्त्री, केन्द्रिय गृहमन्त्री तथा जम्मू-कश्मीरका उपराज्यपालसित माग गरे, जम्मू-कश्मीर सहित देशका सबै संवेदनशील तथा सीमावर्ती क्षेत्रहरूमा आधुनिक ‘सेफ बंकर’- को व्यापक नेटवर्क स्थापित गरियोस् ताकि आपतकालीन स्थितिमा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा