तमिलनाडु विधानसभा चुनाउः 4,618 उम्मेद्वारहरू चुनावी मैदानमा
तमिलनाडु विधानसभा चुनाउः 4,618 उम्मेद्वारहरू चुनावी मैदानमा


चेन्नई, 10 अप्रैल (हि.स.)। तमिलनाडु विधानसभा चुनाउको लागि उम्मेदवारहरूको अन्तिम सूची जारी गरिएको छ। यस विधानसभा चुनाउमा 4,618 उम्मेद्वारहरू मैदानमा छन्। नामांकन फिर्ता लिने अन्तिम दिन लगभग 521 नामांकन फिर्ता लिइयो।

तमिलनाडु विधानसभा चुनाउको लागि आगामी 23 अप्रेलको दिन मतदान भइरहेको छ। यसको लागि अधिसूचना गत 15 मार्चमा जारी गरिएको थियो। त्यसपछि उम्मेद्वारहरूले 30 मार्चदेखि 6 अप्रेलसम्म नामांकन दर्ता गराए। 234 सीटमा लगभग 7,599 नामांकन दर्ता गरिएको थियो जसको जाँच 7 अप्रेलमा गरियो जसमा 5,139 नामांकन स्वीकार गरियो भने 2,460 नामांकन अपूर्ण भएको कारण खारेज गरियो। त्यसपछि नाम फिर्ता गर्ने दिन 521 उम्मेद्वारहरूले आफ्नो नाम फिर्ता लिए। त्यसपछि 4618 उम्मेद्वारको अन्तिम सूची जारी गरियो। यसरी विधानसभाको 234 सीटमा मोठ 4,618 उम्मेद्वारहरूले चुनाउ लड़्नेछन्। यसको साथै पञ्जीकृत राजनीतिक दलहरूका उम्मेद्वार अनि निर्दलीय उम्मेद्वारहरूलाई पनि चुनाउ चिन्ह आवन्टन गरिएको छ।

हरेक निर्वाचन क्षेत्रमा उम्मेद्वारहरूको संख्या अनुसार ईभीएम पठाइनेछ। एउटा ईभीएममा 16 उम्मेद्वारहरूको नाम र उनीहरूको चुनाउ चिन्ह हुन्छ। यदि कुनै सीटमा 16भन्दा अधिक उम्मेद्वार छन् भने अतिरिक्त मशिन राखिनेछ। अधिकतम 4 यूनिटसम्म जोड़िनसक्छ। ईभीएममा एउटा नोटा बटनको व्यवस्था पनि छ। चुनाउ आयोगको निर्देशमा मतदाताहरूको घर-घरमा पुगेर भोटर लिस्ट वितरण गरने काम शुरू गरिएको छ। राज्यमा लगभग 75 हजार मतदान केन्द्र तयार गरिँदैछ। यी केन्द्रहरूमा सुरक्षाको लागि 23 हजारभन्दा अधिक केन्द्रिय सुरक्षा बलहरूको जवानलाई तैनाथ गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande