
कोलकाता, 10 अप्रेल (हि.स.)। पश्चिम बंगाल पुलिसका सहायक आयुक्त (एसीपी) अनिर्बाण चक्रवर्ती (57)- को हृदाघातको कारणले मृत्यु भयो। दिल्लीमा तैनाथ चक्रवर्ती ड्यूटी अवधि मृत्युको शिकार भएका थिए।
जानकारी अनुसार गए बिहीवार राती उनलाई गम्भीर अवस्थाा डाक्टर राम मनोहर लोहिया अस्पतालमा भर्ती गरिएको थियो जहाँ उपचारको क्रममा सोही राती उनको निधन भयो।
अनिर्बाण चक्रवर्तीलाई पुलिस महकुमामा अत्यन्त सम्मानित अधिकारी मानिन्थ्यो। उनी 1993 ब्याचका सब-इन्स्पेक्टरको रूपमा सामेल सामेल थिए भने वर्तमानमा ब्यारकपुर थर्ड बटालियनमा सहायक आयुक्तको पदमा तैनाथ थिए।
उनले स्वामी विवेकानन्द राज्य पुलिस अकादमीमा केही वर्षसम्म कानून प्रशिक्षकको रूपमा पनि काम गरे। पुलिस विभागका केही अधिकारीहरूले विभिन्न कानूनी मामिलामा उनीबाटै सल्लाह लिने गर्दथे।
सूत्र मुताविक उनी पछिल्लो केही समयदेखिकै अस्वस्थ थिए भने हृदय सम्बन्धि रोगको उपचारको लागि उनले 15 दिनको छुट्टी पनि मागेका थिए। तथापि उनलाई ड्यूटीको लागि दिल्ली पठाइएको थियो जहाँ उनी बंग भवनमा तैनाथ थिए। उनको निधनले पुलिस विभागमा गहिरो शोक व्याप्त भएको छ भने सहकर्मीहरूले यसलाई एउटा ठूलो क्षति बताएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा