भाजपा प्रार्थी सोनाम लामाले तकलिङ पेशोक मण्डल क्षेत्रमा चुनाउ प्रचार गरे
Sonam lama


खरसाङ, 10 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीका उम्मेदवार सोनाम लामाले शुक्रवार तकलिङ पेशोक मण्डल क्षेत्रमा आफ्नो चुनाउ प्रचार गरेका छन्। यस क्रममा उनले घर घर पुगेर जनतालाई भोटको लागि अपील गरे।

एक चुनावी सभालाई सम्बोधन गर्दै लामाले भने, भाजपा भनेको संगठन हो। म एक्लैले काम गर्नु सक्दिन। मेरोपछि संगठन छ, पार्टी छ, झण्डा छ। गाउँ बस्तीको साधारण जनताको साथ र सहयोग पाएर नै म अघि बढ्ने हौसला पाउन सक्छु।' उनले यो अपार समर्थन र स्नेह नै हाम्रो जितको बलियो आधार हो भनी बताए।

घर दैलो अभियान विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाजपा तकलिङ पेशोक मण्डल अध्यक्ष शैलेन्द्र देवानले तकलिङ पेशोक मण्डल क्षेत्रमा घर घर पुगेर जनसम्पर्क अभियान गरिएको र जनतालाई भाजपा प्रार्थी सोनाम लामालाई भोट दिएर जिताउने आह्वान् गरिएको बताए। उनले क्षेत्रका जनताको समर्थनको लागि धन्यवाद पनि दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande