पुलिसले रूट मार्च गरी निडर भएर भोट दिने अपील जनतासित गऱ्यो
पुलिसले रूट मार्च गरी निडर भएर भोट दिने अपील जनतासित गऱ्यो


अलिपुरद्वार, 10 अप्रेल (हि.स.)। पश्चिम बंगालमा निष्पक्षर शान्तिपूर्ण चुनाउ सुनिश्चित गर्नको लागि पुलिसले अनौठो ढंगमा जागरूकता अभियान शुरू गरेको छ। शुक्रवार अलिपुरद्वार-1 ब्लकको शाल कुमारहाटर भंडानीहाट बजारमा सोनापुर चौकीका ओसी मिंगमा शेर्पाले केन्द्रिय बलहरूसित सड़कमा उत्रेर मानिसहरूसित सोझै सम्वाद गरे।

रूट मार्च अवधि पुलिसले आम नागरिकहरूसित निर्भय भएर आफ्नो मताधिकारको प्रयोग गर्ने अपील गऱ्यो। यस अवधि ओसीले स्पष्ट रूपमा 6 वटा महत्वपूर्ण सन्देश दिए। उनले भने, कुनै पनि प्रकारको हिंसा, डर देखाउने-धम्काउने, उक्साउने, जाली मतदान वा बूथ कब्जा गर्ने चेष्टालाई सहन गरिनेछैन।

पुलिसले चेताउनी दियो, चुनाउ प्रक्रियामा बाधा दिनेहरू विरूद्ध कड़ा कानूनी कारबाही गरिनेछ। पुलिस तथा केन्द्रिय बलहरूको यस संयुक्त पहलबाट स्थानीय मानिसहरूमा भरोसा तथा सुरक्षाको भावना मजबुत भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande