
तिनसुकिया (असम), 11 अप्रेल (हि.स.)। दुमदुमाको राइदांग चिया बगानमा बाघ पसेको घटनाले क्षेत्रमा त्राष फैलिएको छ। बाघको उपस्थितिले गर्दा श्रमिक अनि स्थानीय मानिसहरू भयभित भएका छन्।
सूत्र अनुसार बाघको हमलेमा एकजना चिया श्रमिक घाइते भए जसलाई तत्कालै उपचारको निम्ति नजिकैको अस्पतालमा भर्ती गरियो।
घटनाको सूचना पाएर वन विभाग तथा स्थानीय प्रशासनको टीम घटनास्थलमा पुगेको छ। बाघलाई पुनः जंगल तर्फ लखेट्नको लागि अभियान संचालन गरिएको छ। क्षेत्रमा सुरक्षाको व्यापक बन्दोबस्त गरिएको छ ताकि यस किसिमको घटना नदोहोरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा