टिस्टा नदीमा डुबेका भाजपा कार्यकर्ताको खोजी जारी
टिस्टा नदीमा डुबेका भाजपा कार्यकर्ताको खोजी जारी


जलपाईगुड़ी, 11 अप्रेल (हि.स.)। चुनावी माहोलबीच एक पीड़ादायी घटना घटेको छ। जिल्लाको मयनागुड़ी क्षेत्रमा प्रचार गरेर फर्किरहेका भारतीय जनता पार्टी (भाजपा)- का एक जना कार्यकर्ता नदीमा डुबेर बेपत्ता भए। बेपत्ता कार्यकर्ताको पहिचान अमल रायको रूपमा भएको छ जो हेलापाकड़ी क्षेत्रको बैकुर गौर गाउँका निवासी थिए। घटनापछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचिएको छ।

स्थानीय सूत्र मुताविक गए शुक्रवार साँझ लगभग 20 जना भाजपा कार्यकर्ताहरूको एक दल हेलापाकड़ीदेखि टिस्टा नदी तरेर फुलिया चरमा चुनाउ प्रचार गर्नको लागि गएको थियो। प्रचारपछि घर फर्किँदा अधिकांश कार्यकर्ताहरू नौकामा फर्किए, तर अमल राय सहित तीनजना कार्यकर्ताहरू पैदलै नदी तर्न थाले।

नदीको बीचमा पुगेपछि पानीको तीव्र प्रवाहको चपेटमा परी अमल राय डुबे। उनीसित रहेका अन्य दुई जना नदीको किनारसम्म पुग्न सफल भए, तर अमलको अहिलेसम्म केही पत्तो लागेको छैन।

घटनाको सूचना पाउनसाथ मयनागुड़ी थानाको पुलिस र सिभिल डिफेन्सको टीम घटनास्थलमा पुग्यो अनि बेपत्ता अमललाई खोज्नको लागि खोजी अभियान शुरू गऱ्यो।

शनिवार बिहानदेखि नदीमा खोजी कार्य जारी छ, तर बचाउ टीमलाई अहिलेसम्म सफलता हात लागेको छैन। अमल रायका पिता दिनेश रायले रूँदै बताए, उनको छोरा चुनाउ प्रचार गरेक फर्किँदा नदीमा डुबे जसको अहिलेसम्म पत्तो लागेको छैन।

यता भाजपाका दक्षिण मण्डल अध्यक्षले भने, पार्टी आफ्नो सक्रिय कार्यकर्ताको परिवारको साथमा छ। अर्कोतिर तृणमूल कंग्रेस उम्मेद्वार राममोहन राय पनि घटनास्थलमा पुगे। उनले भने, पुलिस र बचाउ दलले पूर्ण प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande