एडीजीबीआरले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे
एडीजीबीआरले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे


गान्तोक, 11 अप्रेल (हि.स.)। सीमा सडक संगठन (बीआरओ) अन्तर्गत सीमा सडक (पूर्व) का अतिरिक्त महानिर्देशक (एडीजीबीआर) जितेन्द्र प्रसादले आज उत्तर सिक्किमको सबैभन्दा चुनौतीपूर्ण र कमजोर भूभागहरू मध्ये एक तारम छुमा पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरे। उनले व्यक्तिगत रूपमा स्थलगत अवस्थाको मूल्याङ्कन गरे र स्थलमा तैनाथ बीआरओका कर्मचारीहरूसँग अन्तरक्रिया गरे।

एडीजीबीआरले तारम छुमा चलिरहेको पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे भने पुनर्स्थापना कार्यलाई तीव्रता दिन र मार्ग चाँडोभन्दा चॉंडो खोल्न स्पष्ट निर्देशनहरू दिए। भ्रमणको क्रममा उनले पुनर्स्थापना कार्यको प्रगतिको विस्तृत निरीक्षण गरे र यस क्षेत्रमा सम्पर्क पुनर्स्थापना र सुदृढीकरण गर्न संस्था प्रतिबद्ध रहेको बताए।

उनले यस्ता दुर्गम र संवेदनशील क्षेत्रहरूमा सडकहरू केवल पूर्वाधार मात्र होइनन्, तर जीवन व्यापन, विकास र सीमावर्ती समुदायहरू तथा देशका अन्य भागहरूबीच सम्बन्धलाई कायम राख्नको लागि महत्त्वपूर्ण रहेको बताए। अधिकारीको भ्रमणले स्थलमा तैनाथ कर्मचारीहरूको मनोबल बढाएको र अगाडि बढेर नेतृत्व प्रदान गर्ने बीआरओको नीति र कठिन स्थितिमा राष्ट्र निर्माणप्रतिको दृढ समर्पणलाई पुन: पुष्टि गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande