बोइसर स्पामा छापाः देह व्यापारको खुलासा, तीनजना महिलाको उद्धार, तीनजना समातिए
बोइसर स्पामा छापाः देह व्यापारको खुलासा, तीनजना महिलाको उद्धार, तीनजना समातिए


मुम्बई, 11 अप्रेल (हि.स.)। पालघर जिल्लाको बोइसरमा संचालित एक स्पा सेन्टरमा पुलिसले छापा मारेर देह व्यापार भएको खुलासा गरेको छ। यस कारबाहीमा तीनजना महिलाहरूलाई उद्धार गरियो भने स्पासित जोड़िएका तीनजना मानिसहरूलाई पक्राउ गरियो। मुख्य संचालकलाई भने पुलिसले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

बोइसर पूर्वको बेटे गाउँ ग्राम पञ्चायत क्षेत्रमा अवस्थित “निंबा वेलनेस” नामक उक्त स्पा पछिल्लो लामो समयदेखिकै पुलिसको रडारमा थियो। स्थानीयस्तरमा प्राप्त भइरहेका सिकायतहरूको आधारमा पुलिसलाई यहाँ मसाजको नाममा अवैध गतिविधि गरेको शंका लागेक थियो। यसको पुष्टि गर्नको लागि पुलिसले पहिला एकजना नक्कली ग्राहकलाई पठायो जसको माध्यमबाट सम्पूर्ण ऱ्याकेटको भण्डाफोर भयो। गए शुक्रवार साँझ पुलिस उपाधीक्षक विकास नाइक र पुलिस निरीक्षक सुनिल जाधवको नेतृत्वमा टीमले सादा पोशाकमा अचानक छापा माऱ्यो। छापा अवधि स्पाभित्र देह व्यापारको ऱ्याकेट भइरहेको थाहा लाग्यो। त्यसपछि तुरूनन्तै कारबाही गर्दै तीनजना महिलाहरूलाई बाहिर निकालियो। पुलिसले पीड़ित महिलाहरूलाई रेस्क्यू फाउण्डेशनमा पठाएको छ। स्पाका तीनजना कर्मचारीहरूविरूद्ध मामिला दर्ता गरी उनीहरूलाी पक्राउ गरेको छ। भगौड़ा आरोपीहरूको खोजी जारी छ। पक्रा पर्ने आरोपीहरूलाई शनिवार पालघरको अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande