डिब्रुगढ़को चाउलखोवामा पशु चोरहरू आपस्तमा भिड़िए,धेरैजना घाइते
डिब्रुगढ़को चाउलखोवामा पशु चोरहरू आपस्तमा भिड़िए,धेरैजना घाइते


डिब्रुगढ़ (असम), 11 अप्रेल (हि.स.)। डिब्रुगढ़ जिल्लाको चाउलखोवा क्षेत्रमा कथित रूपमा पशु चोरहरूका दुई गुटमाझ हिंसक झड़प भएको समाचार प्राप्त भएको छ जसमा धेरैजना मानिसहरू घाइते हुनका साथै वाहनहरू क्षतिग्रस्त भएका छन्।

सूत्र अनुसार दुई पक्षमाझ त्यसबेला विवाद बढ़्यो जतिबेला एउटा गुटले अर्को गुटमाथि पेट्रोल बम प्रहार गऱ्यो। अचानक भएको प्रहारले गर्दा क्षेत्रमा कोकोहोलो मचियो जसबाट स्थिति तनाउपूर्ण भयो।

घटनामा केही मानिसहरू घाइते भएका छन् भने धेरै वटा वाहनहरूलाई नोक्सान पुगेको छ। पछि स्थितिलाई नियन्त्रण गरियो। यस मामिलामा विस्तृत जानकारीको प्रतीक्षा गरिंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande