‘नारी शक्ति वन्दन अधिनियम’ महिला सशक्तिकरणको दिशामा निर्णायक कदम हो: रेखा गुप्ता
‘नारी शक्ति वन्दन अधिनियम’ महिला सशक्तिकरणको दिशामा निर्णायक कदम हो: रेखा गुप्ता


नयाँ दिल्ली, 11 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ‘नारी शक्ति वन्दन अधिनियम’ महिला सशक्तिकरणको दिशामा एक ऐतिहासिक औ निर्णायक कदम हो।

मुख्यमन्त्रीले शनिवार सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै भनिन्, विकसित भारत-2047 को संकल्पलाई साकार बनाउनमा अब नारी शक्तिको सशक्तिकरण नीति-निर्माणदेखि लिएर राष्ट्र निर्माणसम्म उसको अग्रणी भूमिकालाई अझ मजबुत बनाउनेछ। उनले भनिन्, यस अधिनियमबाट विधायिकामा महिलाहरूको उचित प्रतिनिधित्व सुनिश्चित हुनेछ जसबाट निर्णय प्रक्रियामा उनीहरूको सहभागिता बढ़्नेछ अनि देशको समग्र विकासलाई नयाँ दिशा पाउनेछ।

यसपूर्व मुख्यमन्त्रीले एक्समा एउटा भीडियो जारी गर्दै भनिन्, आज भारतलाई अगाड़ि बढ़ाउनको लागि महिलाहरू अगाड़ि आउन आवश्यक छ। विकास मात्र नभएर देशलाई सही दिशामा लैजान पनि आवश्यक छ। आज संसद अनि विधानसभाहरूमा महिलाहरू अगाड़ि आएर सत्ताको अंग बनेका छन्, शासन-प्रशासनमा भूमिका निर्वाह गरिरहेका छन्, यो अत्यन्तै आवश्यक छ। उनले भनिन्, एकजना महिला र छोरी भएको नाताले हामीले आफ्नो जीवनमा जे देख्यौं, जे सहयौं, त्यसैले हामीलाई सशक्त निर्णय लिने क्षमता दिन्छ। छोरीहरूलाई स्कूल जानको लागि सहज होस् भनेर साइकल दिने निर्णय गर्दा मलाई त्यो संघर्षको सम्झना भयो जुन एकजना छोरीलाई जन्मेदेखि अगाड़ि बढ़्नुसम्म गर्नुपर्छ।

यस्तै सोंच लिएर “लखपति बिटिया योजना” लागू गरियो ताकि हरेक छोरीले पढ़ोस्, आफ्नो ग्रेजुएशन पूरा गरोस् तथा आफ्नो खुट्टामा उभियोस्। यो नीति बनाइएपछि यसलाई एकजना महिलाको दृष्टिकोणले अगाड़ि बढ़ाइयो।

मुख्यमन्त्रीले भनिन्, देशको हरेक जागरूक महिलाले अगाड़ि आएर यस बिलमाथि आफ्नो विचार राख्नुपर्छ, यसलाई समर्थन गर्नुपर्छ अनि आफ्नो भूमिका निश्चित गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande