
नयाँ दिल्ली, 11 अप्रेल (हि.स.)। दिल्ली मेट्रो रेल निगमले यात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै लिफ्ट तथा एस्केलेटरको सुरक्षित उपयोगलाई लिएर सप्ताहव्यापी जागरूकता अभियान शुरू गरेको छ। यो अभियान 7-देखि 13 अप्रेलसम्ममा सारा मेट्रो नेटवर्कमा संचालन गरिनेछ।
दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)- का प्रवक्ता अनुज दयालले शनिवार बताए, दिल्ली मेट्रो देशमा लिफ्ट, एस्केलेटर र ट्रेभलटरलाई संचालन गर्ने सबैभन्दा ठूलो तन्त्र हो। वर्तमानमा मेट्रो नेटवर्कमा 965 लिफ्ट, 1297 एस्केलेटर औ 42 ट्रेभलटर संचालन भइरहेको छ। कश्मीरी गेट मेट्रो स्टेशन विश्वको यस्तो मेट्रो स्टेशन हो जहाँ सबैभन्दा अधिक 53 एस्केलेटर जड़ान गरिएको छ।
यस अभियान अन्तर्गत स्काउट एवं गाइडका स्वयंसेवकहरूसँगसँगै डीएमआरसीका कर्मचारीहरूलाई विभिन्न स्टेशनहरूमा तैनाथ गरिएको छ जसले सन्देश लेखिएको प्लेकार्ड हातमा बोकेर यात्रीहरुलाई सुरक्षा नियमहरूको बारेमा जानकारी गराइरहेका छन्। अधिक भीड़ हुने स्टेशनहरूमा नुक्कड़ नाटकको माध्यमबाट मानिसहरूलाई जागरूक गराइँदैछ। साथै यात्रीहरूलाई पर्चा वितरण गरी आवश्यक सतर्कताहरूको बारेमा बताइँदैछ।
अभियानको मुख्य उद्देश्य यात्रीहरूलाई लिफ्ट र एस्केलेटरको सुरक्षित उपयोगप्रति जागरूक बनाउनु, दुर्घटनाहरूदेखि बच्ने उपाय बताउनु तथा राम्रो व्यवहार गर्नको लागि प्रेरित गर्नु हो। बुजुर्ग अनि दिव्यांग यात्रीहरूको लागि विशेष मार्गदर्शनको व्यवस्था पनि गरिएको छ।
डीएमआरसीले यात्रीहरूलाई सल्लाह दिएको छ, लिफ्टको उपयोग गर्दा ढोकादेखि टाड़ा बसियोस्, बलजफ्ती ढोका नखोलियोस् तथा कुनै खराबी भएको स्थितिमा अलार्म बटन उपयोग गरियोस्। यसरी नै एस्केलेटरमा चढ़्दा ह्याण्डरेल समात्नुपर्छ्, पहेंलो रेखाभित्र उभिनु हुँदैन, बाल-बालिकाहरूलाई सम्हालेर राखनुपर्छ तथा गन्तव्यमा पुग्नसाथ तुरून्त उत्रिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा