गुड़िरहेको वाहनमा आगो लाग्यो, भाग्यले बाचे चालक-खलासी
गुड़िरहेको वाहनमा आगो लाग्यो, भाग्यले बाचे चालक-खलासी


उत्तर दिनाजपुर, 11 अप्रेल (हि.स.)। जिल्लाको चोपड़ास्थित रंगागछ क्षेत्रमा एउटा बसमा आगो लागेको घटना प्रकाशमा आएको छ। फूलबाड़ी तिरबाट आइरहेको एउटा वाहनमा अचानक आगो लाग्नाले राष्ट्रिय राजमार्ग वरपर कोकोहोलो मचियो। शुरुआती अनुमान अनुसार यस दुर्घटनाको पछाड़ि यान्त्रिक खराबी तथा अत्यधिक गर्मी जिम्मेवार हुनसक्छ।

स्थानीय सूत्र अनुसार एउटा मालवाहक वाहन फूलबाड़ीस्थित एक सीमेन्ट फ्याक्ट्री तर्फ गइरहेको थियो वाहन रंगागछ क्षेत्रमा पुग्नसाथ एउटा टायर पड़्क्यो। यसको तुरून्तैपछि इञ्जिन छेउमा आगो लाग्यो। चर्को घाम र आगोको रापले गर्दा स्थानीय मानिसहरू चाहेर पनि मद्दतको निम्ति छेउमा जान सकेनन्।

घटनाको सूचना पाउनसाथ इस्लामपुर फायर ब्रिगेड घटनास्थलमा पुग्यो। दमकलकर्मीहरूको कड़ा परिश्रमपछि आगोलाई नियन्त्रण गरियो। तथापि आगोले वाहनको अघिल्लो भागलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। पुलिस अनुसार यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको छैन। किनभने चालक र खलासी समयमै वाहनदेखि बाहिर निक्लिन सफल भए।

सुरक्षालाई मध्यनज गर्दै राष्ट्रिय राजमार्गको फोर लेनको एक भागलाई केही समयको लागि यातायातलाई रोकिएको थियो जसबाट सड़कमा लामो जाम लाग्यो। स्थिति सामान्य भएपछि यातायातलाई पुनः शुरू गरियो।

प्राथमिक जाँचमा पुलिसको मान्यता छ, टायर पड़्केपछि घर्षण र शर्ट सर्किटको कारणले यो दुर्घटना भएको हो। हाल पुलिसले वाहनलाई जफत गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande