
गुवाहाटी, 11 अप्रेल (हि.स.)। गुवाहाटीमा शनिवार एकजना युवकको शव रहस्यमय परिस्थितिमा भेटिनाले क्षेत्रमा सन्त्राष फैलियो। उक्त शव शहरको भांगागढ़स्थित रुद्राक्ष मलको पछिल्लो भागमा लड़िरहेको थियो।
मृतकको पहिचान बाहिरी क्षेत्र सोनपुर निवासी सिद्धान्त दासको रूपमा भएको छ। प्रारम्भिक जानकारी अनुसार मलको सातौं तलाबाट झरेर युवकको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरिँदैछ।
घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटलमा पठाआइएको छ। साथै मामिलाको जाँचलाई तीव्रा दिइएको छ।
पुलिसले सबै पक्षहरूलाई ध्यानमा राखेर जाँच गरिरहेको छ ताकि घटनाको वास्तविक कारण पत्तो लाग्न सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा