
कोलकाता, 11 अप्रेल (हि.स.)। ममता ब्यानर्जीले शनिवार पश्चिम मिदनापुरको केशियाड़ीबाट आफ्नो चुनावी प्रचार अभियान शुरू गर्दै भरतीय जनता पार्टी (भाजपा)-माथि तीव्र प्रहार गरिन्। उनले आरोप लगाइन्, भाजपाको उपस्थितिमा “फ्री एण्ड फेयर” चुनाउ सम्भव छैन।
जनसभालाई सम्बोधन गर्दै ममताले भनिन्, “हामी निष्पक्ष चुनाउ चाहन्छौं, तर भाजपाको उपस्थितिमा यो सम्भव छैन। एसआईआर एउटा ठूलो घोटाला हो। दिल्लीबाटै बंगाललाई लक्षित गरिँदैछ, हाम्रो लक्ष्य पनि दिल्ली नै हो।”
यूनिफर्म सिभिल कोडमाथि कड़ा नीति-
ममता ब्यानर्जीले यूनिफर्म सिभिल कोडलाई लिएर पनि भाजपालाई लक्षित गरिन्। उनले भनिन्, “एक देश, एक कानूनको नाममा विविधतालाई निमिट्यान्न पार्ने प्रयास गरिँदैछ। हामी यसको घोर विरोध गर्नेछौं। बलजफ्ती ल्याइएको कानूनहरूलाई सत्तामा आएपछि समाप्त गरिनेछ।”
मुख्यमन्त्रीले आरोप लगाइन्, उनीविरूद्ध षड़यन्त्र रचियो। उनले भनिन्, “मेरो नामांकनलाई रद्द गराउनको लागि मविरूद्ध झुटो हलफनामा दर्ता गरियो। यो लोकतन्त्रविरूद्ध छ।”
ममतावे भाजपामाथि बंगाललाई विभाजन गर्ने चेष्टा गरेको आरोप लगाउँदै भनिन्, “बिहारमा भोट काटिएका मानिसहरूको ब्यांक खाता र राशनलाई बन्द गर्ने धम्की दिइँदैछ। म यस्तो हुन दिने छुइनँ। डिलिमिटेशन बिल ल्याएर बंगाललाई टुक्रा-टुक्रा पार्ने प्रयास भइरहेको छ।”
उनले भनिन्, भाजपाले कहिल्यै पनि आदिवासी समुदायको बीचमा पुगेर काम गरेन।“ हामीले कानून बनाएर आदिवासीहरूलाई जंगल र जमीनको अधिकार दिलाएका छौं। उनीहरूको जमीनलाई बलजफ्ती कसैले पनि खोस्न सक्दैन।,”
ममता ब्यानर्जीले जंगलमहल क्षेत्रमा भएको परिवर्तनको उल्लेख गर्दै भनिन्, “एक समयमा यो क्षेत्र हिंसासित जुझिरहेको थियो। मानिसहरू घरदेखि बाहिर निक्लिन डराउँथे। आज यहाँ व्यापक परिवर्तन भएको छ जुन केन्द्र सरकारको होइन, राज्य सरकारको देन हो।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा