ममता बनर्जीको गम्भीर आरोप, भनिन्- “मेरो नामांकन रद्द गराउने षड़यन्त्र भयो”
ममता बनर्जीको गम्भीर आरोप, भनिन्- “मेरो नामांकन रद्द गराउने षड़यन्त्र भयो”


कोलकाता, 11 अप्रेल (हि.स.)। ममता ब्यनर्जीले पश्चिम मिदनापुरको केशियाड़ीमा आयोजित एक चुनावी सभामा गम्भीर आरोप लगाउँदै भनिन्, उनको नामांकन पत्रलाई रद्द गराउने षड़यन्त्र रचिएको थियो। उनले दाबी गरिन्, उनीविरूद्ध ‘जाली हलफनामा’ दर्ता गरी नामांकन खारेज गराउने चेष्टा गरियो, तर यो प्रयास सफल हुन सकेन।

मुख्यमन्त्रीले भनिन्, “मेरो क्षेत्रमा मेरो नाम काट्ने षड़यन्त्र गरियो। मेरो नाममा दुई वटा हलफनामा दर्ता गरी नामांकन रद्द गराउने प्रयास भो। मलाई अपमानित गरियो ताकि मैले चुनाउ लड़्न नसकुँ। यदि मसित यस्तो हुनसक्छ भने आम जनतासित के-के हुनसक्छ, त्यो सहजै बुझ्न सकिन्छ।”

ममता ब्यनर्जीले यसपालि भवानीपुर सीटबाट चुनाउ लड़िरहेकी छन्। उनले आरोप लगाइन्, चुनावी परक्रियालाई प्रभावित बनाउने प्रयास गरिँदैछ।

सभामा उनले मतदाता सूचीको विशेष संशोधन प्रक्रियालाई पनि “ठूलो घोटाला” बताइन्। उनले भारतीय जनता पार्टी औ भारत निर्वाचन आयोगलाई लक्षित गर्दै भनिन्, यो प्रक्रिया निष्पक्ष छैन जसको उद्देश्य राजनीतिक लाभ पुऱ्याउनु हो।

अर्कोतिर भारतीय जनता पार्टीको ‘संकल्प पत्र’- मा समान नागरिक संहिता लागू गर्ने वाचालाई लिएर पनि ममता ब्यनर्जीले तीव्र प्रतिक्रिया व्यक्त गरिन्। उनले भनिन्, यसबाट मानिसहरूको धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता प्रभावित हुनेछ साथै विविधतामाथि प्रभाव पर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande