
आसनसोल, 11 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 लाई लिएर सारा राज्यमा राजनीतिक ताप चरममा पुगेको छ। यसै क्रममा पश्चिम बर्दवान जिल्लामा पनि चुनावी माहोल पूर्ण रूपले तातिएको छ। जिल्लाका नौ वटा विधानसभा सीटहरूमा तृणमूल कंग्रेसका उम्मेद्वारहरूको पक्षमा आगामी 12 अप्रेलको दिन मुख्यमन्त्री ममता ब्यानर्जीको विराट जनसभा आयोजना गरिँदैछ। यो जनसभा आसनसोल केएसटीपी क्षेत्रस्थित गोविन्द नगर फुटबल मैदानमा हुनेछ जहाँ तयारी युद्ध स्तरमा भइरहेको छ।
सभास्थलमा प्रशासन अनि पार्टी कार्यकर्ताहरू पूर्ण रूपमा सक्रिय भएका छन्। मैदानमा मञ्च निर्माण गर्नदेखि लिएर ब्यारिकेडिंग, बस्ने व्यवस्था तथा सुरक्षा प्रबन्धहरूलाई अन्तिम रूप दिइँदैछ। सभास्थल सामु विशेष रूपमा सेलिब्रेशन जोन निर्माण गरिँदैन जसबाट कार्यक्रमलाी अझ व्यवस्थित र आकर्षण बनाउन सकियोस्। तयारीहरूको जायजा लिनका लागि आसनसोल उत्तर विधानसभा सीटबाट तृणमूल कंग्रेसका उम्मेद्वार मलय घटकले पनि घटनास्थलमा पुगेर व्यवस्थाको निरीक्षण गरे।
यस सम्बन्धमा आसनसोल नगरनिगमका उपमेयर वसिम उल हकले बताए, 12 अप्रेलको दिन गोविन्द नगर फुटबल मैदानमा हुन गइरहेको यो सभा आसनसोल उत्तर मात्र नभएर जिल्लाका अन्य सीटबाट चुनाउ मैदानमा उत्रेका उम्मेद्वारहरूको समर्थनमा पनि आयोजना गरिँदछ। उनले भने, यस जनसभाको उद्देश्य राज्यमा फेरि एकपटक ममता ब्यनर्जीको नेतृत्वलाई मजबुत बनाउनु अनि उनलाई चौथो पटक मुख्यमन्त्री बनाउनको लागि जनसमर्थन जुटाउनु हो।
यता पार्षद श्रावणी मण्डलले भनिन्, राज्यकी लोकप्रिय मुख्यमन्त्री ममता ब्यनर्जीको आगमनलाई लिएर कार्यकर्ता अनि आम जनतामा ठूलो उत्साह देखिएको छ। उनले बताइन्, 12 अप्रेलको दिन आसनसोलको धरतीमा मुख्यमन्त्रीको आगमनलाई एउटा ठूलो राजनीतिक सन्देशको रूपमा हेरिँदैछ। गोविन्द नगर मैदानमा हुने यो सभाले आसनसोल उत्तर विधानसभा क्षेत्रका उम्मेद्वार मलय घटकको समर्तनमा एक महत्वपूर्म जनसमूहलाई आकर्षित गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा