टीएमसी उम्मेद्वार पवित्र करले एफआईआर रद्द गर्नको लागि कलकत्ता उच्च न्यायालयको ढोका ढक्ढकाइन्
टीएमसी उम्मेद्वार पवित्र करले एफआईआर रद्द गर्नको लागि कलकत्ता उच्च न्यायालयको ढोका ढक्ढकाइन्


कोलकाता, 11 अप्रेल (हि.स.)। पश्चिम बंगालको नन्दीग्राम सीटबाट तृणमूल कंग्रेस उम्मेद्वार पवित्र करविरूद्ध दर्ता एफआईआरलाई लिएर राज्यको राजनीतिमा नयाँ विवाद उत्पन्न भएको छ। गए शुक्रवार पवित्र करले उक्त एफआईआरलाई रद्द गर्ने माग गर्दै कलकत्ता उच्च न्यायालयमा याचिका दर्ता गराइन्। यसको साथै उनले सम्भावित कानूनी कारबाहीदेखि संरक्षण गर्ने माग पनि गरेकी छन्।

सूत्र अनुसार पवित्र करले न्यायमूर्ति अजय कुमार मुखोपाध्यायको पीठ समक्ष मामिलालाई तत्काल सूचीबद्ध गर्ने अपील गरिन्। अदालतले उनलाई याचिका दर्ता गर्ने अनुमति दिएको छ। साथै मामिलाको शीघ्र सुनवाई गर्ने माग पनि गरिएको छ। अदालत सूत्रले संकेत दिएको छ, आगामी सप्ताह यसमाथि सुनवाई हुनसक्छ। उल्लेखनीय छ, नन्दीग्राममा पहिलो चरणको मतदान आगामी 23 अप्रेलमा भइरहेको छ, त्यसैले यस अगावै सुनवाई गराउनेमाथि बल दिइएको छ।

यस सम्पूर्ण विवादको शुरुआत नेता प्रतिपक्ष र नन्दीग्रामबाट भाजपा उम्मेद्वार शुभेन्दु अधिकारीको आरोपबाट भएको हो। गत बुधवार प्रधानमन्त्री नरेन्द्र मोदीको जनसभका तयारीहरूको जायजा लिनका लागि हल्दिया पुगेका शुभेन्दु अधिकारीले पवित्र करलाई लक्षित गरेका थिए। भाजपा कार्यालयमा आयोजित प्रेस वार्तामा उनले दाबी गरेका थिए, स्क्रुटनी अवधि उनले आपत्ति जनाएनन्, चाहेको भए पवित्रको नामांकन रद्द हुनसक्थ्यो। उनले प्रश्न उठाएका थिए, एक जना व्यक्ति दुई वटा राजनीतिक दलको सदस्य कसरी हुनसक्छ?

शुभेन्दु अधिकारीको आरोप छ, पवित्र कर पहिला भाजपाको प्रतीकमा पञ्चायत सदस्य भएकी थिइन् भने अहिले तृणमूल कंग्रेसको उम्मेद्वारको रूपमा चुनाउ लड़िरहेकी छन्, जुन कानून विरूद्ध छ। यो बयानपछि चुनाउ आयोग पनि सक्रिय भयो।

गत बुधवार राति आरोप सामू आएपछि बिहिवार चुनाउ आयोगले तत्काल कारबाही गर्दै पवित्रविरूद्ध एफआईार दर्ता गरायो। तथापि पवित्र करले पहिला भनेकी थिइन्, उनलाई यस मामिलाको जानकारी थिएन, तर पछि उनले स्पष्ट पारिन्, उनले कानूनी बाटो अप्नाउनेछन्। सोही अनुरूप अब अदालतमा गएकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande