
सिलगढ़ी, 11 अप्रेल (हि.स.)। सिलगढ़ीको कावाखाली खेल मैदानमा आइतवार आयोजना भइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको जनसभापूर्व शनिवार शहरमा एक भव्य रोड शो आयोजना गरियो। पार्टी सूत्र मुताविक लगभग एक किलोमीटर लामो यो रोड शो प्रधानमन्त्रीको पहलमा आयोजना गरिएको हो।
प्रधानमन्त्रीको रोड शोलाई मध्यनजर गर्दै सिलगढ़ी मेट्रोपोलिटन पुलिसले शहरमा सुरक्षाको कड़ा व्यवस्था गरेको छ। हरेक प्रमुख चौरस्तामा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ। शनिवार अपरान्ह 2 बजेदेखि राती 10 बजेसम्म प्रमुख सड़कहरूमा भारी तथा मध्यम मालवाहक वाहनहरूको आवागमनमाथि प्रतिबन्ध रहनेछ। पुलिस प्रशासनले शहरवासीहरूसित अपील गरेको छ, उनीहरूले यस अवधि वैकल्पिक मार्गहरूलाई उपयोग गरुन् ताकि जामदेखि बच्न सकियोस्।
प्राप्त जानकारी अनुसार कुचबिहार (कुशमण्डी)- को सभा समाप्त भएपछि शनिवार प्रधानमन्त्री बागडोगरा हवाईअड्डामा आइपुग्नेछन्। त्यहाँबाट सुकना नजिकै अवस्थित टी रिसर्ट जाने क्रममा बिहार मोड़देखि स्टेशन मोड़सम्म सड़क मार्गमा उनले आम मानिसहरूको अभिवादनलाई स्वीकार गर्नेछन्।
माटीगाड़ा-नक्सलबाड़ीबाट बीजेपी उम्मेद्वार आनन्दमय बर्मनले बताए, यस रोड शोलाई ऐतिहासिक बनाउनको लागि ठूलो संख्यामा मानिसहरूलाई जुटाउने तयारी गरिएको छ। प्रधानमन्त्रीको लस्कर यस अवधि मन्द गतिमा अगाड़ि बढ़्नेछ ताकि उनलाई नजिकैबाट देख्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा