
श्रीभूमि (असम), 11 अप्रेल (हि.स.)। उत्तर करिमगञ्ज विधानसभा क्षेत्रको 239 नम्बर मतदान केन्द्रमा शनिवार पुनर्मतदान गराइँदैछ। यसपूर्व गत 9 अप्रेलमा भएको मतदानलाई अनियमितताको आरोप लागेपछि निरस्त गरिएको थियो।
आज बिहान 7 बजेदेखि बेबील्याण्ड इंग्लिश हाई स्कूलमा मतदान प्रक्रिया शुरू भयो जहाँ मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन्। मतदान केन्द्रमा शान्तिपूर्ण तथा निष्पक्ष चुनाउ सुनिश्चित गराउनको लागि आवश्यक सुरक्षा व्यवस्था गरिएको छ।
चुनाउ आयोगले अनियमितताहरूको सिकायत प्राप्त भएपछि गत 9 अप्रेलको मतदानलाई रद्द गर्दै निष्पक्ष मतदान सुनिश्चित गर्नको लागि पुनर्मतदान गराउने आदेश दिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा