
नयाँ दिल्ली, 11 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले दिल्ली सरकारको नयाँ ड्राफ्ट इलेक्ट्रिक वाहन (ई.वी.) पोलिसीलाई स्वागत गर्दै भने, तीनदेखि सात वर्षमा यो ई.वी. पोलिसीले दिल्लीका सड़कहरूबाट वाहन प्रदूषणलाई नगण्य बनाइदिनेछ।
दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले शनिवार विज्ञप्ति जारी गर्दै भने, यस पोलिसी अन्तर्गत निजी दुई चक्के र चार चक्के वाहनहरूको रजिस्ट्रेशन फीस र रोड ट्याक्स माफ गरिएको छ जसबाट मानिसहरू निजी उपयोगको लागि इलेक्ट्रिक वाहन खरिद गर्नका लागि प्रोत्साहित हुनेछन्। यसरी नै वाणिज्यिक मालवाहक ई. वाहनहरूलाई रोड़ ट्याक्स एवं पञ्जीकरण शुल्कमा ठूलो छुट दिएर दिल्ली सरकारले वाणिज्यिक वाहनहरूमा पनि परिवर्तनलाई प्रोत्साहित गरेको छ।
सचदेवाले भने, दिल्लीमा अटो रिक्शा सार्वजनिक परिवहन व्यवस्थाको एक महत्वपूर्ण अंग हो र आगामी 01 जनवरी, 2027-देखि दिल्लीमा पूर्ण छुटको साथमा ई. आटोको पञ्जीकरण गर्ने सार्वजनिक परिवहन व्यवस्था स्वच्छ हुनेछ। उनले भने, तीन एवं चार चक्के वाणिज्यिक मालवाहक वाहनहरूमा ई- वाहनहरूलाई प्रोत्साहित गर्नाले पनि सड़कहरूमा प्रदूषण नियन्त्रण गर्नमा सहायता पुग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा