चुनाउ 26ः रिषड़ामा तन्मय घोषको प्रचारमा उर्लियो जनसमुद्र, फूलमालाले गरियो स्वागत
चुनाउ 26ः रिषड़ामा तन्मय घोषको प्रचारमा उर्लियो जनसमुद्र, फूलमालाले गरियो स्वागत


हुगली, 11 अप्रेल (हि.स.)। श्रीरामपुर विधानसभा क्षेत्रबाट तृणमूल कंग्रेसका उम्मेद्वार तन्मय घोषलाई रिषड़ामा चुनाउ प्रचार गर्ने क्रममा व्यापक जनसमर्थन प्राप्त भयो। शनिवार बिहान रिषड़ा नगरपालिकाको वार्ड नम्बर 01-देखि 06 सम्म घर-घरमा पुगेर तन्मय घोषले चुनाउ प्रचार गरे। यस अवधि तृणमूल उम्मेद्वारसित श्रीरामपुरका सांसद कल्याण ब्यनर्जी, रिषड़ा नगरपालिकाका चेयरम्यान विजय सागर मिश्रा, भाइस चेयरम्यान जाहिद हसन खान सहित केही पार्षदगण उपस्थित थिए। यस अवसरमा स्थानीय मानिसहरूले उम्मेद्वार घोषलाई भव्य स्वागत गरे।

यसपूर्व गए शुक्रवार साँझ रिषड़ा नगरपालिकाको सात नम्बर वार्डमा पुगेका घोषलाई स्थानीय मानिसहरूले बेजोड़ स्वागत गरे। घोष वार्डमा पुग्नसाथ मानिसहरू आ-आफ्नो घरबाट बाहिर आए अनि ऱ्यालीको रूपमा उनको साथमै हिँड़े। केही स्थानहरूमा मानिसहरूले माला लगाएर स्वागत गरे भने कतिपय स्थानहरूमा पुष्प वर्षा पनि गरियो। यस अवधि ठूलो संख्यामा महिलाहरूको सहभागिता रहेको थियो।

प्रचार अभियानमा रिषड़ा नगरपालिकाका चेयरम्यान विजय सागर मिश्रा, पार्षद सुख सागर मिश्रा समेत ठूलो संख्यामा पार्टी कार्यकर्ता अनि समर्थकहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande