
गुवाहाटी, 11 अप्रेल (हि.स.)। राजधानी गुवाहाटीको पुलिसले बोरा गाउँ क्षेत्रस्थित एक होटलबाट धन आर्जन गरेको आरोपमा एकजना जाली पत्रकार तथा संगठनका नेता सहित तीनजना मानिसहरूलाई पक्राउ गरेको छ।
पुलिस सूत्रले शनिवार बताएको छ, तीनैजना आरोपीहरूले होटलसित पैसा माग गरिरहेका थिए। गुप्त सूचनाको आधारमा पुलिसले धराप थापेर आरोपीहरूलाई पक्राउ गऱ्यो।
प्रारम्भिक जाँचमा थाहा लागे अनुसार आरोपीहरूले यसअघि पनि सोही होटलबाट दुई किस्तामा 20 हजार रुपियाँ असुल गरेका थिए। पुलिसले सन्देह व्यक्त गरेको छ, यो गिरोह यस किसिमको गतिविधिमा पहिला पनि सामेल रहेको थियो। मामिलाको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा