
कोलकाता, 11 अप्रेल (हि.स.)। दक्षिण बंगालमा अहिलेघरि हुरी-बतास तथा वर्षाको सिलसिला रोकिएको छ। यो सँगसँगै राज्यमा तापमान द्रूत गतिमा बढ़्न थालेको छ। बिहानदेखिकै आद्रतापूर्ण गर्मीले मानिसहरूलाई समस्या भइरहेको छ। मौसम विभागको पूर्वानुमान अनुसार आगामी सात दिनसम्म दक्षिम बंगालमा घना वर्षा हुने सम्भाावना छैन। तापमान 5-7 डिग्री सेल्सियससम्म बढ़्नसक्छ।
विशेष गरी आगामी 13 देखि 16 अप्रेलबीच दक्षिम बंगालका केही जिल्लाहरूमा लू चल्ने आशंका व्यक्त गरिएको छ। यसबाट स्पष्ट हुन्छ कि यसपालि नववर्षको शुभारम्भ चर्को घाम र प्रचण्ड गर्मीबाट हुनेछ।
शनिवार बिहानदेखिकै कोलकातामा चर्को घाम लागेको छ। मौसम विभागानुसार आगामी तीन-चार दिनसम्म शहरमा पानी पर्ने सम्भावना छैन। आइतवारसम्ममा तापमान सामान्यभन्दा 5-7 डिग्री सेल्सियस अधिक हुनसक्छ।
शनिवार कोलकाताको न्यूनतम तापमान 23.6 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 2.0 डिग्री कम हो। अधिकतम तापमान 31.3 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 3.9 डिग्री कम हो।
दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा मौसम शुष्क रहनेछ। बाँकुड़ा, पुरुलिया, पश्चिम मेदिनीपुर, पश्चिम बर्धमान औ झाड़ग्राम जस्ता जिल्लाहरूको लागि आद्रतापूर्ण गर्मीलाई लिएर विशेष सतर्कता जारी गरिएको छ। पश्चिमी क्षेत्रका कतिपय जिल्लाहरूमा हल्का हावा-पानी आउनसक्छ, तर समग्रमा गर्मी र असहज मौसमको प्रभाव बड़नेछ।
उत्तर बंगालमा पनि तापमान 3-5 डिग्री सेल्सियससम्म बढ़्नसक्छ। तथापि पार्वतीय क्षेत्रहरूमा पानी पर्ने सम्भावना छ। दार्जीलिङ, कालेबुङ तथा जलपाईगुड़ीका हिमाली क्षेत्रहरूमा मेघ गर्जनसितै हल्का वर्षा हुनसक्छ भने मैदानी क्षेत्रहरूमा मौसम मुख्यतः शुष्क रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा