हुमायुं कबीर विरूद्ध सिउड़ी थानामा जीरो एफआईआर दर्ता, साम्प्रदायिक उक्साहटको आरोप
हुमायुं कबीर विरूद्ध सिउड़ी थानामा जीरो एफआईआर दर्ता, साम्प्रदायिक उक्साहटको आरोप


कोलकाता, 11 अप्रेल (हि.स.)। आम जनता उन्नयन पार्टीका चेयरम्यान हुमायुँ कबीर फेरि एक पटक विवादमा परेका छन्। गए शुक्रवार राति बीरभूम जिल्लाको सिउड़ी थानामा उनी विरूद्ध ‘राष्ट्रिय अल्पसंख्यक आरक्षण मोर्चा’- का अध्यक्ष हाजी मोहम्मद परवेज सिद्दिकीले लिखित सिकायत दर्ता गराएका छन्।

सिकायतमा आरोप लगाइएको छ, हुमायुँ कबीरले विधानसभा चुनाउलाई मध्यनजर गर्दै राज्यमा ध्रुवीकरण गर्ने प्रयास गरिरहेका छन् साथै साम्प्रदायिकतालाई उक्साइरहेका छन्। सिद्दिकीले सिउड़ी थानामा ‘जीरो एफआईआर’ दर्ता गराउँदै उनलाई चाँड़ै पक्राउ गर्ने माग गरेका छन्।

सिद्दीकीको दाबी छ, हुमायुँले पैसाको सट्टा चुनाउमा ध्रुवीकरण गराउने चेष्टा गरिरहेका छन्। उनले भने, बाबरी मस्जिद देशका मुसलमानहरूको आस्थाको प्रतीक हो, तर हालैमा सोशल मीडियामा भाइरल एउटा भीडियोमा हुमायुँ कबीरलाई यसो भन्दै गरेको सुन्न सकिन्छ- बाबरी मस्जिद निर्माण उनको वास्तविक उद्देश्य होइन। आरोप छ, उनले हजार कड़ोर रपियाँको डील गरेर कुनै शक्तिको पक्षा चुनाउ लड़्ने अनि परोक्ष रूपमा ‘फाँसीवादी शक्ति’-हरूलाई सहयोग गर्ने कुरा गरिरहेका छन्।

यद्यपि हुमायुँ कबीरले उक्त आरोपहरूलाई शिराबाटै खारेज गर्दै यसको पछाड़ि तृणमूल कंग्रेसको षड़यन्त्र लुकेको बताएका छन्। उनको भनाइ छ, चुनाउपूर्व मुस्लिम समाजलाई भ्रमित पार्नको लागि तृणमूलले बाहिरबाट मानिसहरूलाई ल्याएर उनको विरोधमा प्रचार गराएको हो। उनले यो पनि भने, सिकायतकर्ताले पहिला पनि मुर्शिदाबादको रेजिनगर थानामा उनी विरूद्ध सिकायत दर्ता गराइसकेका छन्।

हुमायुँ कबीरले स्पष्ट पारे, उनले अग्रिम जमानत लिने छैनन्। कानूनले आफ्नो काम गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande