
खरसाङ, 11 अप्रेल (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ विधानसभा क्षेत्रकी उम्मेदवार बन्दना राईले क्षेत्रीयतालाई बचाउन परिवर्तनको नाराका साथमा आफुहरू चुनावी मैदानमा उत्रेको बताएकी छन्। उनले बन्द कमानहरुको लागि पनि काम गर्ने बताएकी छन्।
बन्दना राईले चुनाउ प्रचारका क्रममा भनिन्, हाम्रो भाषा, हाम्रो संस्कृति बचाएर राख्नु हो भने क्षेत्रीयता बचाउनु पर्छ। 2024 को सांसद भोटमा गोर्खाल्याण्ड हुँदैन भने पीपीएस देउ, 11 जात गोष्ठीलाई जनजाति देउ भन्यौं, तर केही दिएन। अहिले आएर बंगालमा केको पीपीएस? बंगालले दिनसक्छ पीपीएस?
उनले सांसद राजु बिष्टलाई निशाना बनाउॅंदै भनिन्, हामी पहाडको मान्छेलाई खेदाउँछु भन्दा हुन्छ? उ यहाँ जन्मेको हो र? हाम्रो सिनियर लिडरहरु पो घुसपैठी हरे? तपाई पो घुसपैठी होला। तपाई पो मणिपुरबाट आएको होइन? हामी त यही जन्मेका हौँ।'
हिन्दुस्थान समाचार / हनोक