
गान्तोक, 11 अप्रेल (हि.स.)। समाज कल्याण विभागकी सचिव सारिका प्रधानले राज्यपाल ओम प्रकाश माथुरसँग शनिवार लोकभवनमा शिष्टाचार भेट गरेको लोकभवनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस अवसरमा सचिवले राज्यपाललाई भारत रत्न डा. भीमराव अम्बेडकरको 135औँ जयन्ती समारोहमा मुख्य अतिथिको रूपमा उपस्थितिका लागि आमन्त्रण-पत्र पनि सुम्पिइन्।
यो समारोह 14 अप्रेलमा सिक्किम विधानसभामा आयोजित गरिनेछ। राज्यपालले आमन्त्रण स्वीकार गर्दै कार्यक्रमको सफलताका लागि शुभकामना दिए।
हिन्दुस्थान समाचार / बिशाल