
पूर्व मेदिनीपुर, 11 अप्रेल (हि.स.)। दक्षिण कांथी विधानसभा क्षेत्रबाट भाजपा उम्मेद्वार अरूप कुमार दासले शनिवार नोयापुट क्षेत्रको चेंचुरापुट करंजीस्थित काली मन्दिर एवं शीतला माता मन्दिरमा पूजा-अर्चना गरी आफ्नो चुनावी अभियान आरम्भ गरे।
पूजा-अर्चना गरेपछि उनले क्षेत्रमा जनसम्पर्क अभियान संचालन गरे। यस अवधि उनले मतदाताहरूसित भेट गरी आफूलाई समर्थन गर्ने अपील गरे। उनले क्षेत्रको विकास, बुनियादी सुविधा औ जनसमस्याहरूलाई प्रमुख मुद्दा बताए।
दक्षिण कांथी विधानसभा निर्वाचन क्षेत्रमा भाजपाका अरूप कुमार दासको स्पर्धा मुख्य रूपमा तृणमूल कंग्रेसका तरूण कुमार जाना र भारतीय कम्युनिस्ट पार्टीका तेहरान हुसैनसित हुनेछ। अप्रेलको अन्तमा हुन गइरहेको अन्तिम चरणको मतदानलाई केन्द्र गर्दै सबै प्रत्याशीहरूले वर्तमानमा जनसम्पर्क गर्नको साथै स्थानीय सभाहरूको माध्यमबाट मतदाताहरूलाई फकाउन जुटेका छन्।
भाजपा उम्मेद्वार अरूप कुमार दासले भने, उनको लक्ष्य क्षेत्रमा विकासको गतिलाई तीव्र बनाउनु अनि जनताको समस्या समाधान गर्नु। वर्ष 2021-को विधानसभा चुनाउमा कांथी दक्षिण सीटमा भाजपा प्रत्याशी अरूप कुमार दासले 98 हजार 477 भोटसितै जीत हासिल गरेका थिए। उने तृणमूल प्रत्याशी ज्योतिर्मय करलाई परास्त गरे जसको भागमा 88 हजार 184 भोट परेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा