भायंदरमा आगोले 50 वटा झोपड़ी जलायो, तीनजनाको ज्यान लियो
भायंदरमा आगोले 50 वटा झोपड़ी जलायो, तीनजनाको ज्यान लियो


मुम्बई, 11 अप्रेल (हि.स.)। महाराष्ट्रको भायंदरस्थित इन्द्रलोक फेज- 4 मा एक रिजर्भ प्लटमा निर्मित झोपड़ीहरूमा गए राती अचानक आगो लाग्यो जसमा 50 वटा भन्दा अधिक झोपड़ीहरू जलेर खरानीमा परिणत भएको छ। भायंदर पुलिस स्टेशनको टीमले यस मामिलाको अनुसन्धान गरिरहेको छ।

यस मामिलाको जाँच गरिरहेका पुलिस अधिकारीले शनिवार बताए, गए राती इन्द्रलोक नजिकै एक रिजर्भ प्लटमा अवस्थित झोपड़ी बस्तीमा आगलागी भयो। त्यसपछि बिस्तारै झोपड़ीहरूमा ग्यासको सिलेण्डर विस्फोट हुन थाल्यो जसले गर्दा आगोको स्वरूप झन् भयंकर भयो। घटनाको जानकारी पााउनसाथ फायर ब्रिगेडका जवानहरूले घटनास्थलमा पुगेर ग्यास सिलेण्डरहरू बाहिर निकाल्न शुरू गरे साथै झोपड़ीका मानिसहरूलाई पनि बाहिर सुरक्षित निकाले। त्यसपछि फायर बिग्रेडको टीमले आज बिहानसम्ममा आगोलाई नियन्त्रण गऱ्यो। यस घटनामा तीनजनाको मृत्यु भएको छ जसको पहिचान गुड्डू राम (46), सूरज लियाकत अली मण्डल (14) र रोहित रहमत अली मण्डल(15)-को रूपमा गरिएको छ। आगलागीको कारण पत्तो लगाउन अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande