
गान्तोक, 11 अप्रेल (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको गेजिङ जिल्ला अध्यक्ष र जिल्ला समिति चयन गरिएको छ। साथै, पार्टीले जनसंवाद कार्यक्रमलाई तीव्रता दिन निर्णय पनि लिएको छ।
एसडीएफले आज प्रेस विज्ञप्तिमा उक्त जानकारी गराएको छ। एसडीएफ गेजिङ जिल्ला कार्यकारीणी समितिको समन्वय सभा हिजो गेजिङ पार्टी कार्यलयमा सम्पन्न भयो। सभामा नयाँ जिल्ला अध्यक्ष र जिल्ला समिति चयन गरियो। साथै आगामी पार्टीको कार्यदिशा सशक्त बनाउनका साथै जनसंवाद कार्यक्रमलाई तीव्रता दिने सम्बन्धमा विभिन्न प्रस्ताव पास गरेको छ।
सभामा गेजिङ जिल्ला प्रभारी, जिल्ला कार्यकारिणी समिति लगायत पार्टी कार्यकर्ताहरुको उपस्तिथि थियो।
हिन्दुस्थान समाचार / बिशाल