
खरसाङ, 11 अप्रेल (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङको घलेटार निवासी समाजसेवक बिक्रम राईले आफ्नो जन्मदिन कालेबुङको हु-केयर्स जोय होम पालन गरेका छन्।
यस अवसरमा उनले वृद्धहरुसित भेट गर्दै उनीहरूलाई केही सहयोग पनि गरेका छन्। सिटोङका समाज सेवक बिक्रम राईले प्रत्येक वर्ष जोय होम वृद्धाश्रममा पुगेर आफ्नो जन्मदिन मनाउॅंदै आइरहेका छन्।
स्मरण रहोस्, हु-केयर्सका प्रमुख संयोजक एरोन योञ्जनले विगत 15 वर्षदेखि हु-केयर्स अनि छ वर्षदेखि वृद्धाश्रम जोय होम कालेबुङ सञ्चालन गर्दै आइरहेका छन्। हु-केयर्सको अहिलेसम्म 17 वटा शाखाहरु देश-विदेशमा रहेको उनले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक