
गुवाहाटी, 12 अप्रेल (हि.स.)। असम प्रदेश भारतीय जनता पार्टी (भाजपा)-ले महान पार्श्वगायिका एवं प्रतिष्ठित दादा साहब फाल्के पुरस्कारद्वारा सम्मानित आशा भोंसलेको निधनमा गहिरो शोक व्यक्त गरेको छ।
आफ्नो शोक सन्देशमा असम प्रदेश भाजपाले भन्यो, भारतीय सिनेमा औ संगीतमा आशाको अद्वितीय योगदान भावी पिँढ़ीको लागि एक अमेट धरोहरको रूपमा कायम रहनेछ। दशकौंको आफ्नो करियरमा उनले 20 वटाभन्दा अधिक भारतीय भाषाहरू जस्तै-हिन्दी, बंगाली औ मराठीसँगसँगै केही विदेशी भाषाहरूमा पनि हजारौं गीतहरूलाई आफ्नो आवाज दिएकी छन्। यो एउटा यस्तो उपलब्धि हो जुन एक दुर्लभ र अमूल्य सांस्कृतिक धरोहरको रूपमा स्थापित छ।
पार्टीले भन्यो, विश्व संगीतको इतिहासमा सबैभन्दा अधिक रेकर्डिंग गर्ने कलाकारहरूमध्ये एक मानिने आशा भोंसलेको निधन भारतीय फिल्म उद्योग तथा वैश्विक संगीत जगतको लागि एक अपूरणीय क्षति हो। प्रदेश भाजपाले दिवंगत आत्मालाई आफ्नो भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्मको चिर शान्तिको लागि प्रार्थना गऱ्यो साथै यस असीम दुःखको घड़ीमा शोकाकुल परिवारप्रति आफ्नो गहिरो सम्वेदना व्यक्त गऱ्यो।
उल्लेखनीय छ, आशा भोंसलेको आइतवार मुम्बईस्थित एक अस्पतालमा हृदय सम्बन्धि रोगको उपचार गर्ने क्रममा निधन भयो। उनको निदनले सारा देश गहिरो शोकमा डुबेको छ। प्रतिष्ठित दादा साहब फाल्के पुरस्कारद्वारा सम्मानित तथा भारतका सबैभन्दा प्रसिद्ध संगीत हस्तिहरूमध्ये एक आशा भोंसलेको निधन भारतीत संगीतको एक असाधारण युगको अन्तको प्रतीक हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा