
मोरीगाउँ, 12 अप्रेल (हि.स.)। मोरगांव जिल्लान्तर्गत जागीरोडको सेमीकण्डक्टर परियोजना निकट आइतवार राष्ट्रिय राजमार्ग-27 मा गलत दिशाबाट आइरहेको एउटा ट्रकले ट्रेभेलरलाई ठक्कर दियो। यस दुर्घटनामा ट्रेभेलरमा सवार 24 जना यात्रीहरू घाइते भए।
जानकारी अनुसार राजधानी गुवाहाटीदेखि तेजपुर तर्फ गइरहेको ट्रेभेलरमा लगभग 24 जना यात्रीहरू सवार थिए। सेमीकण्डक्टर परियोजनाको छेउमा पुगेपछि एउटा ट्रकले ट्रेभेलरलाई ठक्कर दियो जसले गर्दा सबै 24 जना यात्रीहरू घाइते भए। दुर्गटनापछि यात्रीहरूको चित्कार-पुकार मचियो। घाइतेहरूलाई अस्पतालमा लगियो। गम्भीर रूपमा घाइते केही यात्रीहरूलाई डाक्टरहरूले तुरून्तै गुवाहाटी मेडिकल कलेज एण्ड अस्पताल (जीएमसीएच)-मा रेफर गरिदिए।
सामान्य रूपमा घाइतेहरूको उपचार जागीरोडस्थित अस्पतालमा गरियो। यसबीच दुर्घटनालाई परिणाम दिने ट्रक घटनास्थलबाट भाग्यो। सूचना पाउनसाथ जागीरोड पुलिसले घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त ट्रेभेलरलाई क्रेनको सहयोगले सड़कबाट हटायो। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा