
कोकराझार (असम), 12 अप्रेल (हि.स.)। कोकराझार जिल्लान्तर्गत परवतझोरा क्षेत्रबाट अपहृत दुईजना किशोरीहरूलाई पुलिसले सकुशल उद्धार गरेको छ। यस अपहरणको मामिलामा सामेल दुईजना महिलाहरू सहित तीनजना मानिसहरूलाई बोगरीबारी पुलिसले पक्राउ गरेको छ।
परवतझोरा पुलिसले आइतवार बतायो, गौरीपुरको तेलीपाराबाट अपहृत किशोरीहरूलाई पुलिसले परिवारको सहयोगमा उद्धार गरेको छ। किशोरीहरूलाई अपरण गरेको आरोपमा ममता बेगम, जेलेका खातून र नूर अमीनलाई पक्राउ गरिएको छ। पुलिसले बताए अनुसार आरोपीहरूले किशोरीहरूलाई अन्य राज्यमा बेच्ने योजना बनाइरहेका थिए। बोगरीबारी पुलिसले आरोपीहरूसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा