प्रचार अवधि नानीहरूले गरेको वाचालाई भाजपा विधायक मृणाल सैकियाले पूरा गरिदिए, 13 जना नानीहरूलाई साइकल प्रदान
प्रचार अवधि नानीहरूले गरेको वाचालाई भाजपा विधायक मृणाल सैकियाले पूरा गरिदिए, 13 जना नानीहरूलाई साइकल प्रदान


गोलाघाट (असम), 12 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउको मतदान भएपछि खुमताई विधानसभा क्षेत्रबाट भाजपा विधायक मृणाल सैकियाले आफ्नो चुनाउ प्रचार अवधि केही बाल-बालिकाहरूसित गरेको आफ्नो वाचालाई पूरा गरेका छन्। भाजपा उम्मेद्वारले गए शनिवार साँझ 13 जना बाल-बालिकाहरूलाई साइकल प्रदान गरे। साइकल पाएपछि नानीहरूको मुहारमा मुस्कान देखियो।

चुनाउ प्रचारको व्यस्तताबीच एकजना नेताले बाल-बालिकाहरूको मनलाई कसरी जित्न सकिन्छ भन्ने कुराको उदाहारण खमटाईका भाजपा उम्मेद्वार मृणाल सैकियाले प्रस्तुत गरेका छन्। वास्तवमा चुनाउ प्रचारको क्रममा ढलापारमा केही बाल-बालिकाहरूले मृणाल सैकियाको हात समाते। कसैले फोटो खिचे भने कसैले सानो उपहार मागे। यसै अवधि यी नानीहरूले उनलाई साइकल मागे।

मृणाल सैकियाले उनीहरूको मागलाई बेवास्ता गरेनन्, उनीहरूलाई चाँड़ै साइकल दिलाउने वाचा गरे। मतदान सम्पन्न भएपछि उनले प्रचार अवधि नानीहरूसित गरिएको वाचालाई पूरा गर्नको लागि ढलापार गाउँमा आफ्नो टीमलाई पठाए। टीमले नानीहरूसित बातचित गर्दा 8 वटा साइकलको आवश्यकता रहेको थाहा लागेको थियो। पछि यो संख्या बढ़ेर 13 पुग्यो। त्यसपछि विधायकले गए शनिवार साँझ ती नानीहरूलाई साइकल वितरण गरे।

नयाँ साइकल पाएर ढलापारका नानीहरू हर्षित भए। उनीहरूले हात जोड़ेर सौकियाप्रति आभार व्यक्त गर्दै उनलाई बिहुको अवसरमा आफ्नो घरमा आउने निम्तो समेत दिए। चुनाउ प्रचार अवधि बाल-बालिकाहरूसित गरिएको वाचालाई पूरा गरेर विधायक चर्चाको केन्द्र बन्न पुगेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande