बिहारमा सरकार गठनको प्रक्रिया चाँड़ै शुरू हुनेछ, केही दिनभित्रै सबै कुरा तय हुनेछः विजय चौधरी
बिहारमा सरकार गठनको प्रक्रिया चाँड़ै शुरू हुनेछ, केही दिनभित्रै सबै कुरा तय हुनेछः विजय चौधरी


पटना, 12 अप्रेल (हि.स.)। बिहारको राजनीतिमा फेरि एकपटक खैलाबैला तीव्र भएको छ। मुख्यमन्त्री नीतीश कुमार र उपमुख्यन्त्री सम्राट चौधरीबीच लगातार दुई दिनसम्म भएको महत्वपूर्ण बैठकपछि सरकारको भविष्यलाई लिएर अड़कलहरू अझ तीव्र भएका छन्। यसबीच राज्य सरकारका मन्त्री विजय चौधरीले संकेत दिएका छन्, राज्यमा चाँड़ै नयाँ सरकार गठन गर्ने प्रक्रिया शुरू हुन गइरहेको छ।

पटनामा आइतवार पत्रकारहरूसित बातचित गर्दै विजय चौधरीले भने, आगामी केही दिनभित्रै सरकार गठनको सन्दर्भमा स्थिति स्पष्ट हुनेछ। उनले भरोसा दिलाए, पूर्ण टाइमलाइन चाँड़ै सार्वजनि गरिनेछ जसबाट राजनीतिक अनिश्चितता समाप्त हुन सकोस्।

अघिल्लो मुख्यमन्त्रीको बारेमा प्रश्न गर्दा उनले स्पष्ट रूपमा भने, यो निर्णय भारतीय जनता पार्टी (भाजपा)-को हातमा छ। उनले बताए, भाजपाको एउटा तय प्रक्रिया हुन्छ जसान्तर्गत मुख्यमन्त्री पदको लागि नाम चयन गरिनेछ। त्यसपछि राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)- का सबै विधायकहरूले मिलेर विधायक दलको बैठकमा आफ्ना नेतालाई चयन गर्दछन्। ती नेता नै राज्यका अघिल्लो मुख्यमन्त्री बन्नेछन्।

विजय चौधरीले यो पनि स्पष्ट पारे, भाजपाको भूमिका यस सम्पूर्ण घटनाक्रममा अत्यन्त महत्वपूर्ण छ। तर अन्तिम औपचारिक निर्णय गठबन्धनका सबै घटक दलहरूको सहमतिबाटै लिइनेछ।

क्याबिनेट गठनको सनन्दर्भमा सोधिएको प्रश्नमा उनले बताए, यसको सम्भावना त छ, तर हाल यसको मिति तय गरिएको छैन। यसबाट स्पष्ट हुन्छ, सरकार गठनसँगसँगै मन्त्रीमण्डलको विस्तारमाथि पनि हाल मन्थन भइरहेको छ।

सबैभन्दा महत्वपूर्ण कुरा विजय चौधरीले दिएका यो संकेत कि मुख्यमन्त्री नीतीश कुमारले चाँड़ै राजीनामा दिन सक्नेछन्। तथापि उनले कुनै निश्चित तारिक बताएनन्। यति चाहिं अवश्य भने, सम्पूर्ण प्रक्रियाको खाका चाँड़ै सामु आउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande