
नयाँ दिल्ली, 12 अप्रेल (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चको एन्टी अटो थेफ्ट स्क्वाड (एआरएससी) यूनिटले लग्जरी कार चोरीको एक मामिलामा ठूलो सफलता हासिल गर्दै आरोपीलाई जयपुरबाट पक्राउ गरेको छ। आरोपीको पहिचान जयपुर (राजस्थान) निवासी मोहम्मद अशरफ खानको रूपम भएको छ जो पेशाले जिम ट्रेनर हो। उसको कब्जाबाट दिल्लीको मुखर्जी नगर क्षेत्रबाट चोरी भएको दुई वटा नयाँ लग्जरी कार महिन्द्रा स्ककर्पियो-एन र हुण्डई क्रेटा जफत गरिएको छ।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त सञ्जीव यादवले आइतवार बताए, आरोपीले नयाँ लग्जरी कारहरूलाई चोरी गरेर आफ्ना ग्राहकहरूको माग अनुसार सस्तो मूल्यमा उपलब्ध गराउँथ्यो। उ आफूले पनि ग्राहकहरूलाई आकर्षित गर्नको लागि महँगो वाहनहरूको प्रयोग गर्दथ्यो।
पुलिस उपायुक्त मुताविक क्राइम ब्राञ्चको टीमले दिल्ली-एनसीआरमा सक्रिय वाहन चोर तथा रिसीभरहरूमाथि नजर राखिरहेको थियो। यसै अवधि गत 6 अप्रेलको दिन एक गुप्त सूचना प्राप्त भयो, मुखर्जी नगरबाट चोरी भएको एउटा लग्जरी कार जयपुरमा छ। तुरून्तै कारबाही गर्दै एक विशेष टीम गठन गरियो।
पुलिस टीमले जयपुर पुगेर स्थानीय मानिसहरूको सहयोगमा गत 7 अप्रेलको दिन झोटवाड़ा क्षेत्रमा छापा माऱ्यो। छापामारीमा आरोपी महोम्मद अशरफ खानलाई उसको घरबाटै पक्राउ गरियो अनि उसले बताए अनुसार एउटा हुण्डई क्रेटा र एउटा महिन्द्रा स्कर्पियो- एन जफत गरियो जुन दिल्लीको मुखर्जी नगर थाना क्षेत्रबाट चोरी भएको थियो।
जाँचबुझमा आरोपीले खुलासा गऱ्यो, उसले यी वाहनहरू जयपुर निवासी शकिल नामक व्यक्तिबाट खरिद गरेको थियो। पुलिसले अब यस गिरोहका अन्य सदस्यहरूलाई खोजिरहेको छ। पुलिस अनुसार आरोपी स्नातक हुनको साथै जिम ट्रेनरको रूपमा काम गर्दै आएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा