कोलकातामा 650 करोड़ रुपियाँको कोइला घोटालामा पाँचविरूद्ध आरोप पत्र दर्दा
कोलकातामा 650 करोड़ रुपियाँको कोइला घोटालामा पाँचविरूद्ध आरोप पत्र दर्दा


कोलकाता, 12 अप्रेल (हि. स.)। प्रवर्तन निदेशालयले 650 करोड़ रुपियाँको कथित कोइला चोरी एवं असुली घोटालामा पाँचजना आरोपीहरूविरूद्ध कोलकाताको विशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ। अधिकारीहरूले आइतवार बिहान एक बयान मार्फत उक्त आशयको जानकारी गराए।

प्रवर्तन निदेशालयको कोलकाता क्षेत्रीय कार्यालयद्वारा दर्ता आरोप पत्रमा चिन्मय मण्डल, किरण खान र उनका सहयोगीहरूको नाम सामेल छन्। यो आरोप पत्रलाई धन शोधन निवारण अधिनियम अन्तर्गत विशेष अदालतमा पेश गरियो।

जाँच एजेन्सी अनुसार यो मामिला अवैध कोइला खनन, चोरी, अवैध परिवहन, अवैध बिक्री, जाली दस्तावेजहरूको उपयोग तथा बलजफ्ती असुलीसित सम्बन्धित एक संगठित ऱ्याकेट हो। जाँचमा यो पनि थाहा लागेको छ, कोइला परिवहन र सिण्डिकेट संचालनलाई सुचारू राख्नको लागि राज्य सरकारका केही अधिकारीहरू तथा स्थानीय राजनीतिक तत्वहरूलाई घूस दिइएको थियो।

प्रवर्तन निदेशालयले यस मामिलाको जाँच 54 वटा प्राथमिकीको आधारमा शुरू गरेको हो जुन पश्चिम बंगालको दुर्गापुर-आसनसोलका विभिन्न थानाहरूमा दर्ता गरिएको थियो। यी सिकायतहरू इस्टर्न कोलफिल्ड्स लिमिटेड, केन्द्रिय औद्योगिक सुरक्षा बल औ स्थानीय पुलिसद्वारा दर्ता गरिएको थियो।

जाँचमा पाइयो, चिन्मय मण्डल र किरण खान एक संगठित कोइला सिण्डिकेटका अंग थिए। दुवैलाई गत 2 फरवरीको दिन धन शोधन निवारण अधिनियमको धारा 19 अन्तर्गत पक्राउ गरिएको थियो।

एजेन्सी अनुसार सिण्डिकेटले अवैध ढंगमा कोइलाको व्यापार मात्र गरिरहेको थिएन जबकि वैध डिलीभरी, आदेश धारकहरू, परिवहनकर्ताहरू तथा खरिद गर्नेहरूबाट व्यवस्थित रूपमा असुली पनि गर्दै आएको थियो। यो असुलीलाई ‘जीटी’ (गुण्डा ट्याक्स) वा ‘रंगदारी ट्याक्स’ -को नाममा चिनिन्थ्यो जसलाई लिफ्टिंग शुल्क, ह्याण्डलिंग शुल्क वा दानको रूपमा देखाइन्थ्यो।

जाँचमा खुलासा भयो, असुलीको दर 275 रुपियाँ प्रतिटनदेखि 1500 रुपियाँ प्रतिटनसम्म थियो जुन लीलामीमा बिक्री हुने कोइलाको वास्तविक मूल्यको 20-25 प्रतिशतसम्म पुगेको थियो। त्यसैले प्रचुर मात्रामा आवन्टित कोिलालाई उठाउन सकिएन जसबाट इस्टर्न कोल्डफिल्ड्स लिमिटेडलाई ठूलो आर्थिक नोक्सान भयो।

पछिल्लो पाँच वर्षमा यस अवैध असुलीको माध्यमबाट मात्र अर्जित अपराधको आय 650 करोड़ रुपियाँभन्दा् अधिक रहेको अनुमान लगाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande